×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : दमौलीमा सुन्तला किन्नेहरूको भिड लाग्यो, माटाका भाडा बेचेर मनग्य आम्दानी गर्दै कुमाले

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले तनहुँको सदरमुकाम दमौलीस्थित अनसन चौतारी नजिक बिक्रीका लागि राखिएको सुन्तला किन्दै ग्राहकहरुदेखि धनगढीको मिलनचोक नजिकै माटोको भाडा बनाउँदै गरेका कुमालेसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
तनहुँको सदरमुकाम दमौलीस्थित अनसन चौतारी नजिक बिक्रीका लागि राखिएको सुन्तला किन्दै ग्राहकहरु । यसबर्ष जिल्लामा रु २७ करोड मूल्य बराबरको सुन्तला बिक्री हुने अनुमान कृषि जोन केन्द्र तनहुँले जनाएको छ । 
धनगढीको मिलनचोक नजिकै माटोको भाडा बनाउँदै कुमाले । माटाबाट निर्मित विभिन्न भाडाहरु आफैँ बनाई बिक्री गर्ने गरेका कारण राम्रो आम्दानी भएको उहाँ बताउनुहुन्छ ।
आलु ब्लक क्षेत्र रामपुर नगरपालिका वडा नं ६ मा मेसिनबाट आलु रोप्दै नगर प्रमुख रमणबहादुर थापा । ब्लक क्षेत्र अन्र्तगत करिव एक हजार दुई सय रोपनी जमिनमा आलु खेती गरिंदैछ । 
पाल्पाको तानसेनमा बंगुरका पाठापाठी बिक्रीका लागि गाडीमा हाली हिंडालेको अवस्थामा । प्रति पाठापाठीलाई पाँच हजारदेखि माथि किनबेच हुँदै आएको छ । 
तनहुँको व्यासनगरपालिका–३ स्थित मादीसेती नदी सङ्गमस्थलमा रहेको दमौलीघाटमा शव जलाउनको लागि दाउरा जोख्दै । एउटा शव जलाउन दुई सय ५० देखि ३०० किलोग्राम दाउरा आवश्यक पर्ने बताइएको छ । 
बागलुङ नगरपालिका–१० भकुण्डे भ्यू टावरबाट देखिएको पर्यटकीय गाउँ भकुण्डे, सदरमुकाम बागलुङ बजार र पृष्ठभूमिमा धौलागिरि हिमाल ।
गाउँमा मिलको व्यवस्था नहुँदा परम्परागत रुपमा धान कुट्दै जुम्लाको तिला गाउँपालिका– १ का स्थानीयवासी माने बुढा । 
दोलखाको भीमेश्वर नगरपालिका–७ मकैवारीमा व्यावसायिक रुपमा पालिएको कालिजलाई चारा दिइँदै । दूधपोखरी वाइलड लाइफ एग्रो विथ रिसोर्ट प्रालिले  २५ रोपनी क्षेत्रफलमा दुई हजार कालिज पालन सुरु गरेको छ  । 
काठमाडौँको चोभार अवस्थित टौदह । टौदह ऐतिहासिक र उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो  । 
हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायत कर्मचारी बस्ने घरमा भएको आगलागी । 
त्रिशूली अस्पताल नुवाकोटमा स्वास्थ्य परीक्षण गराउन आएका सेवाग्राही अस्पताल प्रवेश गर्नुअघि साबुनपानीले हात धुर्दै । कोभिड–१९ को जोखिमका कारण सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा प्रवेश गर्नुअघि स्वास्थ्य सरसफाइमा ध्यान दिने क्रम बढेको छ ।
बागलुङ जिल्लाको १० स्थानीयतह मध्येको एक ताराखोला गाउँपालिका । गाउँपालिकाको कार्यालय १० मध्येकै उत्कृष्ट छ । 
बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको भ्यू टावरबाट टेलिस्कोपमार्फत हिम शृङ्खाला हेर्दै पर्यटक । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: