
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले कञ्चनपुरको झलारी बजामार तरकारीका बेर्ना बेच्नका लागि ग्राहक पर्खदै गरेका बृद्धदेखि तनहुँको व्यास नगरपालिका–१३ बेनीकोटका कृषक बिक्री गर्न बजार लैजाने सुन्तला क्रेडमा राख्दैसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । तनहुँबासी
हेरौं फोटो समाचार :
कञ्चनपुरको झलारी बजामार तरकारीका बेर्ना बेच्नका लागि ग्राहक पर्खदै गरेका बृद्ध ।

तनहुँको व्यास नगरपालिका–१३ बेनीकोटका कृषक बिक्री गर्न बजार लैजाने सुन्तला क्रेडमा राख्दै । यहाँका कृषकले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

रामपुर नगरपालिका–१० स्थित होस्दी खेतमा हिउँदे बाली लगाउन गोरुले खेत जोत्दै युवा ।

पाल्पाको तिनाउँ गाउँपालिकाको कोलडाँडामा लगाइएको बेसार खेती । अहिले यहाँ अदुवाको विकल्पमा बेसारखेती लगाउने गरिएको छ । पछिल्लो समयमा अदुवाको बिक्री कम भएपछि कृषकहरु बेसार खेतीमा आकर्षित भएका हुन् ।

डोटीको बोगटान फुड्सिल गाउँपालिकामा खरको छाना हटाएर जस्तापाताले छाएको घर । गाउँपालिकाले पालिका भरीमा खरका छाना हटाउने अभियान सञ्चालन गरी जस्तापातले घरका छाना छाउन थालेको छ ।

कञ्चनपुरको झलारी बजारमा फलफुल बेच्दै गरेका महिला व्यापारी । भारतबाट पर्याप्त रुपमा फलफुलको आपूर्ति नहुँदा चर्को मूल्यमा उपभोक्ताले फलफुल खरिद गर्नृ पर्ने बाध्यता छ ।

धनगढीको चौैराहास्थित ट्राफिक चोकको फुटपात पसलमा चम्पल सिलाउँदै एक पसले । चप्पल, जुता, व्यागलगायतका सामाग्रीहरु सिलाएर ती व्यक्तिले राम्रो आम्दानी गर्दै आएको बताएका छन् ।

पाँचथरको फालेलुङ गाउँपालिकाको फालोट क्षेत्रमा चर्दै गरेका चौँरी । फालोटमा दुई दर्जनभन्दा बढी चौँरी गोठ छ ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशको बौरबाट देखिएको धौलागिरि हिमाल ।

म्याग्दीको बेनी नगरपालिका –१ रत्नेचौरदेखि भकुण्डे जोड्ने सडकखण्डमा कालोपत्र गरिँदै । सडक डिभिजन कार्यालयमार्फत यस वर्ष सडकखण्ड अन्तर्गत एक हजार ३०० मिटर सडक कालोपत्र गर्न लागिएको छ ।

विद्यालय सञ्चालन गर्नुअघि पाटन नगरपालिका–९ हुक्केडाँडामा रहेको सिद्धेश्वर माविलगायत बाल उद्यानलाई निसङ्क्रमण गरिँदै । सो विद्यालय क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्