
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको नारच्याङ पञ्चकुण्ड तालको बरफ जमेको पानीमाथि बसेर तस्बिर खिचाउँदै गरेका आन्तरिक पर्यटकदेखि प्रथम सगरमाथा आरोहण गर्ने नेपाली नारी तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको जन्मघरसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको नारच्याङ पञ्चकुण्ड तालको बरफ जमेको पानीमाथि बसेर तस्बिर खिचाउँदै आन्तरिक पर्यटक । उनीहरुले तस्बिर मनोरञ्जनका लागि खिचाएका हुन् ।

प्रथम सगरमाथा आरोहण गर्ने नेपाली नारी तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको जन्मघर । सन् १९६१ मा आजकै दिन उहाँको जन्म भएको थियो । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केको यो घरमा अहिले आफन्त छिरिङ टेन्डी लामाले हेरचार गर्दै आएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तत्कालीन राजा मेघनाथ शाहले राज गरेको छिल्लीकोट राजाको दरबार । उक्त दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।

वीरगञ्ज महानगरपालिका–१६, तराई हस्पिटलमा बिहीबार तिम्ल्याहा शिशु जन्माउनु भएकी रौतहट, बँकुल निवासी अनितादेवी कुशवहा स्वस्थ शिशुका साथमा । उहाँले दुई छोरा र एक छोरीलाई जन्म दिनुभएको हो ।

बिहानी पख कुहिरोले छोपिएको सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल ।

प्रथम सगरमाथा आरोहण गर्ने नेपाली नारी तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको जन्मथलो । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा सन् १९६१ मा आजकै दिन उहाँको जन्म भएको थियो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीबाट देखिएको कुहिरो र हिमाल । छिम्केश्वरी जिल्लाकै सबैभन्दा अग्लो स्थानमा अवस्थित छ ।

नवलपुरको दिव्य मध्यवर्ती क्षेत्रको जङ्गलमा देखिएको गैँडा । वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र आकर्षक गन्तव्य हो ।

बागलुङ नगरपालिका–८ सिगानास्थित रानीभूमे सामुदायिक घरवाससँगै देखिएको हिमाल ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना– ५ मुग्लिन नजिकै बजारबाट निस्कने फोहर । सडक छेउमा फोहर जलाउँदा प्रदूषण बढेको छ ।

तनहुँको दमौली बजारमा अचानो बिक्री गर्न हिँड्दै । बागलुङबाट आएका ससुरा र बुहारीले केही दिनयता दमौली बजारमा अचानो बिक्री गरिरहेका छन् ।

पोखरा महानगरपालिका–३२ मजुवामा सञ्चालित गण्डकी ऊर्जा प्रालिको उद्योग । प्रालिले कुईने फोहरलाई प्रशोधन गरेर बायो ग्याँस र अर्गानिक मल उत्पादन गरेको छ ।

लोपोन्मुख पञ्चेबाजा संरक्षण गर्दै रामपुर नगरपालिका–३ स्थित चनौलीमा रहेको लाङ्घाली समाज सुधार सामुदायिक केन्द्र ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्