×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : पाथीभराबाट देखियो हिमश्रृङ्खलासहित मनै लोभ्याउने रमणीय दृश्य, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

PRIME CA

देश बोल्ने फोटो कथा : पाथीभराबाट देखियो हिमश्रृङ्खलासहित मनै लोभ्याउने रमणीय दृश्य, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

१४ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले ताप्लेजुङ अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट देखिएको हिमश्रृङ्खलासहित रमणीय दृश्यदेखि म्याग्दीको बेनी नगरपालिका–वडा नं ६ का वडाअध्यक्ष कृष्णसिंह बानियाँ बागेश्वरी प्राथमिक विद्यालयका विद्यार्थीलाई जाडोबाट बच्न न्यानो कपडा, स्टेशनरी र मास्क प्रदान गरिँदैसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
ताप्लेजुङ अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट देखिएको हिमश्रृङ्खलासहित रमणीय दृश्य । 
म्याग्दीको बेनी नगरपालिका–वडा नं ६ का वडाअध्यक्ष कृष्णसिंह बानियाँ बागेश्वरी प्राथमिक विद्यालयका विद्यार्थीलाई जाडोबाट बच्न न्यानो कपडा, स्टेशनरी र मास्क प्रदान गर्दै  । सो सामग्री वडा कार्यालयको सहयोगमा प्रदान गरिएको हो । 
संरक्षणको पर्खाइमा रहेको बागलुङ नगरपालिका–१ रामरेखा अवस्थित मदन–आश्रित स्मृति पार्क ।
म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको अक्सिजन उत्पादन केन्द्र । बेनी अस्पतालले रु ६३ लाखको लागतमा अक्सिजन उत्पादन केन्द्र सञ्चालन गरेको हो । 
छेडागाड नगरपालिकाका १२ बालविकास केन्द्रका शिक्षकले स्थानीय वस्तुबाट निर्माण गरेका शैक्षिक सामग्री प्रदर्शन ।  स्थानीय आवश्यकता र कम खर्चबाट बालबालिकालाई सिकाइमा सहजता ल्याउन यो कार्य गरिएको छ ।
सर्लाहीको हरिवन नगरपालिका ४ पटौनास्थित उनबहादुरका मनोरोगी तीन छोरा पवन, हेमबहादुर र रुद्रबहादुर सरसफाई गरिएपछि आश्रममा लैजाने क्रममा । उहाँहरुका साथमा बुबा उनबहादुर, आमा हिराकुमारी, नगपालिका उपप्रमुख रेणुका पौडेल र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी । उहाँहरुलाई मानवसेवा आश्रमद्धारा उद्वार गरिएको छ  । 
प्रचण्ड नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले  मङ्गलबार काठमाडौँमा आयोजना गरेको विरोध–सभामा सहभागी । 
स्वामी केशवानन्द गिरीको सम्पादनमा सार्वजनिक भएको ‘वाजसनेयि–माध्यन्दिन–शुक्लयजुर्वेद–संहिता’ । वेद पाठ गर्ने पुस्तक एक पानाको पत्रे हुने गरेकामा वेदका मन्त्र समावेश भएको पुस्तक आधुनिक साजसज्जामा, युनिकोडको डिजिटल फन्ट प्रयोग गरी प्रकाशित गरिएको हो ।
तनहुँको व्यास नगरपालिका–३ शान्तिनगर र व्यास नगरपालिका–५ पाटन जोड्ने मादी नदीमाथि पुल निर्माणका लागि माटो परीक्षण कार्यमा अवरोध भएको विरोधमा नगरप्रमुख बैकुण्ठ न्यौपानेसँग भेटघाट गर्दै पाटनवासी ।
कोभिड–१९ का कारण विदेशमा रोजगारी गुमाएर फर्किएका जनशक्तिको आर्थिक वृद्धिका लागि धनगढी उपमहानगरपालिका क्षेत्रमा शुरु गरिएको ‘सामाजिक आर्थिक रिकभरी परियोजना‘अन्तर्गत बाख्रापालनको अध्ययन अनुगमन गर्दै नगर प्रमुख नृपबहादुर वड ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: