- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले बैतडी–दार्चुलाको सीमा क्षेत्र शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजारका एक पसले ग्राहक कुर्दै गरेकोदेखि चिसो बढेसँगै सप्तरीको राजविराजमा लागेको बाक्लो हुस्सुसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
बैतडी–दार्चुलाको सीमा क्षेत्र शैल्यशिखर नगरपालिका–९ गोकुुलेश्वर बजारका एक पसले ग्राहक कुर्दै ।
चिसो बढेसँगै सप्तरीको राजविराजमा लागेको बाक्लो हुस्सु । हुस्सु लाग्न सुरु भएको र आज दिउँसो पनि पारिलो घाम नलागेकाले अब तराईमा जाडो बढ्ने स्थानीयवासीको अनुमान छ ।
रावाबेँसी गाउँपालिका–२ खार्पास्थित शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको जन्मघर ।
दाङको पर्यटकीय क्षेत्र छिल्लीकोटमा केवुलकार निर्माण गर्न अध्ययन गरिएको स्थल । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा पनि सोही ठाउँमा पुग्न केबुलकार जोड्ने योजना अघि बढाइएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित सुन्दर एंव मनोरम देखिएको बेलकोटको बस्ती ।
धनगढी उपमहानगरपालिकाका वडा नं १४ को वडा कार्यालय भवनको संयुक्तरुपमा शिलान्यास गर्दै नगर प्रमुख नृपबहादुर वड र उपप्रमुख शुसिला मिश्र भट्ट ।
बर्दियाको कर्णाली नदीमा बनेको कोठीयाघाटको पुल ।
पोखराको फेवातालमा डुङ्गा सयर गर्दा प्रयोग गरिने लाइफ ज्याकेटमा सेनिटाजिङ गर्दै महिला ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरवाराही मन्दिर प्राङ्गणमा विवाहमण्डप बनाउने तयारी हुँदै । प्रदेश सरकारको सहयोगमा यहाँ विवाहमण्डप बनाउन लागिएको हो ।
बागलुङको तमानखोला गाउँपालिका–३ का भेँडापालक किसान भीमबहादुर रोका र उहाँकी श्रीमती सुकमाया भेँडीगोठमा खाना पकाउँदै । रोका दम्पतीले ४०० भन्दाबढी भेँडापालन गरिरहेको छ ।
पोखराको फेवातालमा बुधबार बिहानको कुहिरो र तालमाथि राखिएका डुङ्गा ।
जिल्लाको व्यासनगरपालिका–३ स्थित भतेरीमा ट्याक्टरद्वारा खेत जोताइँदै । यस स्थान तरकारी खेतीका लागि उपयुक्त मानिन्छ ।