×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक लिमिटेडको त्यो मनछुने भिडियो,…जसले लुकेको क्षमतालाई व्यवसायमा बदल्न सिकायो (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL

सिटिजन्स बैंक लिमिटेडको त्यो मनछुने भिडियो,…जसले लुकेको क्षमतालाई व्यवसायमा बदल्न सिकायो (भिडियोसहित)

२१ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अहिले सामाजिक सञ्जालमा सिटिजन्स बैंकले बनाएको एउटा भिडियो भाइरल बनेको छ । बैंकले उक्त भिडियो अंग्रेजी नयाँ वर्ष २०२१को पहिलो दिननै सामाजिक सञ्जालमा पोस्ट गरेको हो । बैंकले सो भिडियोमार्फत युवा पुस्ताको नयाँ सोचमा सिटिजन्स बैंकले साथ दिन्छ भन्ने सन्देश दिन खोजिएको छ । 
भिडियोले अभिभावकलाई मात्रै नभएर अहिलेका युवा पुस्तालाई आफ्नो क्षमतालाई व्यवसायिक क्रियाकलापसँग जोड्न प्रेरित गरेको छ ।  यति मात्रै होइन अन्तिममा भिडियोका पात्रले एकदमै मनछुने कुरा गरेका छन् । जसलेलाखौं अभिभावकलाई निकै मिठो सन्देश दिएको छ ।   
उक्त भिडियोमा आमाछोरी छन् । छोरी धेरै मोटी अनि खञ्चुवा हुन्छिन् । उनी खाना भनेपछि हुरुक्कै हुन्छिन् र अरु काममा भने निकै नै अल्छी । यति मात्रै होइन उनि आफ्नो पलङबाट भूइँमा खसेको चस्मा उठाउनसमेत आफै उठाउन सक्दिनन् । र आमालाई डाक्छिन् । 
यता उनलाई ‘कुकिङ’ मा निकै सोख हुन्छ । राम्रो र मिठो खाने सोखकै कारण घरमा बस्दाबस्दै उनी निकै राम्रो कुक बनिसकेकी हुन्छिन् । तर, उनकी आमाले उनको त्यो क्षमतालाई कहिलै बुझ्न सक्दिनन् । त्यसैले उनलाई नजानिँदो ढंगले हतोत्साहित गरिरहेकी हुन्छिन् । तर छोरीले भने आफ्नो कलालाई सामाजिक सञ्जालमार्फत् प्रचार गरिरहेकी हुन्छिन् । 
एकदिन उनकी छोरीले प्रचार गरेको परिकार सामाजिक सञ्जालमा अरु व्यक्तिहरु हेर्दै गरेको र खानाको प्रशंशा गरेको आमाले देख्छिन् । तब उनी सोचमग्न हुन्छिन् । र उनकी आमालाई आफ्नो छोरीको क्षमता त्यतिबेला मात्रै महशुस हुन्छ, जतिबेला अरुको मुखबाट नेहाको प्रशंसा सुन्छिन् । छोरीको क्षमतालाई बुझेपछि उनले छोरीकै नाममा ‘नेहा रेष्टुरेन्ट’ खोलिदिन्छिन्, त्यसमा सिटिजन्स बैंकले ऋण सहयोग गरेको हुन्छ । यदि तपाईंसँग पनि नयाँ सोच छ भने बैंकबाट ऋण लिएर त्यसलाई व्यावसासियकरुपमा रुपान्तरण गरेर आफ्नो सपना पुरा गर्न सक्नुहुनेछ ।
भिडियोसहित :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी