×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : गिट्टी कुटेर जीविकोपार्जन गर्दै बैतडीका स्थानीयबासी, अत्याधिक जाडो बढेपछि बेँसी झारिए चौरी

PRIME CA

देश बोल्ने फोटो कथा : गिट्टी कुटेर जीविकोपार्जन गर्दै बैतडीका स्थानीयबासी, अत्याधिक जाडो बढेपछि बेँसी झारिए चौरी

२३ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले बैतडीको गोकुलेश्वर–गन्ना सडकखण्डको डिलाशैनीमा गिट्टी कुट्दै गरेका स्थानीयबासीदेखि लेकाली भेगमा अत्यधिक जाडो बढेसँगै बेँसी झारिएको चौरीको बाच्छाबाच्छीसम्मका दृश्यलाई फोटोमा समेटेका छौं । 

हेरौं फोटो समाचार :
बैतडीको गोकुलेश्वर–गन्ना सडकखण्डको डिलाशैनीमा गिट्टी कुट्दै गरेका स्थानीयबासी । कोरोना कहरले रोजगारी गुमाएर स्वदेश फर्किएका नागरिकलाई स्थानीयस्तरमा रोजगारी पाउन सकस भएको छ । 
लेकाली भेगमा अत्यधिक जाडो बढेसँगै बेँसी झारिएको चौरीको बाच्छाबाच्छी । केपिलासगढी गाउँपालिकाका स्थानीय वासिन्दाले दूध, घ्यू र छुर्पी उत्पादनका लागि रावाढापलगायत उत्तरी क्षेत्रमा चौरी पाल्ने गरेका छन् । 
पर्यटकीस्थल फेवतालको किनारामा मोबाइलमा तस्वीर कैद गर्दै आन्तरिक पर्यटक । 
बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलाका महिलाहरु खरको भारी लगेर घरतर्फ जाँदै । यहाँका महिलाहरु बढीजसो घरायसी काममा व्यस्त हुने गरेका छन् ।
बेदकोट नगरपालिका–५ धर्मपुरमा मुख्यमन्त्री आवास कार्यक्रमअन्र्तगत भूमिहीन परिवारका लागि घर निर्माणको काम गर्दै मजदूर । भूमिहीन परिवारका ३० वटा घर निर्माण भइरहेका छन् ।
गोसाइकुण्ड गाउँपालिका वडा नं ४ पर्यटकीय क्षेत्र लाङटाङको पहिचान स्थानीय मान्छे भेटियो भने लाङटाङ्वासी हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । यो टोपीको मुख्य स्थानीयस्तरमै रु पाँच हजार रहेको छ । लाङ्टाङका थोरै मानिसले मात्र बुन्ने गर्दछन् । लाङटाङवासी परम्पराको भेषभूषामा आधारित शीरमा लगाउने तातो ऊनको टोपीलाई संरक्षण गर्दै । 
काठमाडौँ प्रवेश गर्ने नागढुङ्गामा निर्माण भइरहेको सुरुङ मार्ग । सुरुङ मार्गको कुल लम्बाई २।३८ किलोमिटर हुनेछ ।
कीर्तिपुर अवस्थित बाघभैरब मन्दिर परिसमा पारिलो घाम ताप्दै स्थानीयवासी ।   
काठमाडौँको कालोपुलस्थित धोबी खोलामा आहाराको खोजी गर्दै बकुल्ला । खोलामा पानी सफा भएको  खण्डमा वातावरण र जलचर तथा चराचुरुङीलाई आहारा खोज्न सजिलो हुने अनुमान गर्न सकिन्छ । 
कीर्तिपुरबाट बिहीबार देखिएको काठमाडौँ उपत्यका ।
ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई कम्बल तथा न्यानो कपडा वितरण गर्दै कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: