×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुलियो चाकुभित्रको ‘तीतो व्यापार-कथा’ : दिनभर करायो, रातभर दक्षिणा गन्दा सावाँ नै हरायो… (भिडियो रिपोर्ट)

PRIME CA

गुलियो चाकुभित्रको ‘तीतो व्यापार-कथा’ : दिनभर करायो, रातभर दक्षिणा गन्दा सावाँ नै हरायो… (भिडियो रिपोर्ट)

१ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । माघे संक्रान्तिमा खाइने घ्युचाकुको व्यापार संक्राति आसपासमा बढ्नु स्वाभाविक हो । तर अहँ, यसपाली यस्तो भएन । व्यवसायीहरुले यसपटकको माघे संक्रान्तिका लागि सोचे अनुसारको व्यापार नभएको मात्र बताएका छैनन्, बरु दिनभर कराएर गरेको व्यापारको हिसाब किताब गर्दा बेलुकी सावाँ नै हराएको दुखेसो पोखेका छन् । माघे संक्रातिको अघिल्लो दिन हामीले घ्युचाकुको व्यापार कतिको भइरहेको छ भनी न्युरोडका व्यापारीहरुलाई सोध्दा उनीहरुले पोहोर परारको जस्तो व्यापार नभएको बताएका हुन् ।
यता ग्राहकहरुले भने पोहोर परारको भन्दा यसपाली चाकुको भाउ बढेको गुनासो गरेका छन् । कति चाकुको कति पर्छ भन्ने विषयमा सम्बन्धित पक्षको स्पष्ट मापदण्ड नहुँदा चाकु, लड्डु लगायतका खाद्य पद्धार्थको भाउमा एकरुपता नभएको उनीहरुको भनाइ छ । अर्कोतर्फ ठाउँ नै पिच्छे फरक भाउ हुनु र चाकुको गुणस्तरको मापदण्डबारे पनि उपभोक्ता सचेत नहुँदा थप समस्या भएको देखिएको छ । यस तर्फ सम्बन्धित पक्षको ध्यान जान जरुरी छ । 
हेरौं माघे संक्राति लक्षित घ्युचाकुको व्यापार बारे अर्थ सरोकारकर्मी राधिका श्रेष्ठले तयार गरेको यो भिडियो रिपोर्ट :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: