×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : दमकको कपडा उद्योगमा धमाधम काम गर्दै कामदार, ओलीविरुद्ध ‘दाहाल-नेपाल’ समूहको शक्ति प्रदर्शन

अर्थ सरोकार

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार

PRIME CA

देश बोल्ने फोटो कथा : दमकको कपडा उद्योगमा धमाधम काम गर्दै कामदार, ओलीविरुद्ध ‘दाहाल-नेपाल’ समूहको शक्ति प्रदर्शन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले दमक–९ स्थित फेदर कमफोर्टर मेनुफेक्चर्यस उद्योगमा काम गर्दै गरेको कामदारदेखि ‘दाहाल नेपाल’ समूूह ले काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार प्रतिनिधिसभा विघटनविरुद्घ आयोजना गरेको विरोधसभामा सहभागीसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
दमक–९ स्थित फेदर कमफोर्टर मेनुफेक्चर्यस उद्योगमा काम गर्दै कामदार । एक वर्षअघि स्थापित यो उद्योगमा ६ दर्जनभन्दा बढी स्थानीयले रोजगारी पाएको उद्योग सञ्चालक नारायण सिटौला बताउनहुन्छ । उद्योगले दैनिक ८०० भन्दा बढी फाइवरको सिरक, डस्ना उत्पादन गर्दै आएको छ ।
नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ‘दाहाल नेपाल’ समूूह ले काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार प्रतिनिधिसभा विघटनविरुद्घ आयोजना गरेको विरोधसभामा सहभागी । 
तनहुँको व्यासनगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गोरु जोत्न सिकाइँदै । नेपालीहरुको परम्परागत शैलीका कला, सीप र संस्कृतिको संरक्षण गर्न विद्यालयले विद्यार्थीलाई प्रयोगात्मक शिक्षा प्रदान गरेको हो ।
तातोपानी गाउँपालिका — ५ ऐरेनीस्थित लाम्रा प्रहरी चौकीको निरीक्षण गर्दै प्रमुख जिल्ला अधिकारी भेपेन्द्र थापा । प्रजिअ थापाको नेतुत्वको प्रतिनिधिमण्डलले शान्ति सुरक्षाको अवस्था बुझ्ने क्रममा रारालिहि, कुडारी, तातोपानी र लाम्रा प्रहरी चौकीको निरीक्षण गरेको छ ।
नवलपुर, तनहुँ र चितवनको सिमानास्थित पवित्र तीर्थस्थल देवघाटधाममा रहेको नर्मदेश्वर महादेव मन्दिर । यस मन्दिर पशुपतिनाथको मन्दिरको झल्को दिने गरी निर्माण गरिएको छ ।
लमजुङ बेँसीशहर नगरपालिकाको कृषि शाखाले किसानलाई  ५० प्रतिशत अनुदानमा वितरण गर्न राखिएको खाली मौरीको घार । यस वर्ष नगरको २०० जनालाई ५० प्रतिशत अनुदानमा वितरण गर्ने भएको छ । ५० प्रतिशत अनुदानमा किसानले प्रतिघार रु एक हजार ७२५ मा पाउने छन् 
धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटधामस्थित वेदविद्याश्रम  । यहाँ गुरुकुल परम्परा अनुसार बटुकहरू आश्रममा नै बसेर निःशुल्क रुपमा अध्ययन गर्दै आइरहेका छन् । 
गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटस्थित कंके देउराली सडकमा काम गर्दै मजदुर । उक्त पर्यटकीय स्थलमा जानको लागि सडक ग्राभेलिङ गर्ने काम भइरहेको छ ।
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा तीन रोपनी क्षेत्रफलमा फैलिएको ढुङ्गामाथि रु। १५ लाखको लागतमा निर्माण गरिएको दुर्गा मन्दिर । 
रुपन्देहीको सालझण्डीदेखि बागलुङको ढोरपाटन जोड्ने राष्ट्रिय प्राथमिकताको आयोजनाअन्तर्गत ढोरपाटन नगरपालिका–९ मा सडक स्तरोन्नतिको काम गरिँदै ।
तनहुँको ऋषिङगाउँपालिको ढुङ्गागाढेमा रहेको ठुलो ढुङ्गामाथि बसेर मोबाइल चलाउँदै युवक । 
म्याग्दीमा निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय ग्रिडमा जोड्न नेपाल विद्युत प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको सबस्टेशन । बिहीबार रातिदेखि खुर्कोट सबस्टेशनमा जडान भएको ट्रान्सफर्मर चार्ज गर्न सुरु भएको छ 
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागू भएको बागलुङको जैमिनी नगरपालिका–९, बिजुवा माध्यमिक विद्यालयको कक्षा अनुगमन गर्दै शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुश्मराज उपाध्याय  । 
इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको वडा एरियाबाट विभिन्न मितिमा हराएका मोबाइल फेला पारी सम्बन्धित धनीलाई बिहीबार हस्तान्तरण गर्दै प्रहरी । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: