- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको १४.७५% बोनस सेयर मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको मूल्य समायोजनपछिको भाउ १३ सय ४६ रुपैयाँ निर्धारण गरिदिएको छ । सोहि भाउलाई आधार मानेर आइतबारको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्य १५ सय ३८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।