
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चन्द्रागिरी हिल्सको आईपीओमा हालसम्मकै उच्च आवेदन परेको छ । कम्पनीको आइपिओमा साढे १० लाख बढीले आवेदन दिएका छन् । जुन हालसम्म निष्कासन भएका आईपीओमा परेको उच्च आवेदन संखया हो ।
यस कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि १३ लाख ९६ हजार कित्ता आईपीओ बिक्रिमा ल्याएमना आज सोमबार साँझसम्म १० लाख ६३ हजार ८९३ वटा आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोवल आईएमई क्यापिटलले जनाएको छ । २ अर्ब १० करोड ५२ लाख ३२ ४४ हजार रुपैयाँ बराबरको २ करोड १० लाख ५२ हजार ३२० कित्ता सेयर माग भएको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ९६ हजार कित्ताको १५ गुणा बढी हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर निष्काशन ल्याएको हो । जसमा ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी१३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन बन्द भोलि हुँदैछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्