
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ खनार घर भएकी ८० वर्षीया वृद्धा पोमकला खनाललाई नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको नेतृत्वमा जिल्ला प्रशासन टोलीदेखि मुस्ताङको जोमसोममा स्याउको बोटमा कलमी गरिरहेका किसानसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ खनार घर भएकी ८० वर्षीया वृद्धा पोमकला खनाललाई नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको नेतृत्वमा जिल्ला प्रशासन टोली । पोमकला विगत ४० वर्षदेखि छोरीको घर सन्धिखर्क नगरपालिका–२, कुरमा बस्दै आउनुभएको छ ।

हिमालपारिको जिल्ला मुस्ताङको जोमसोममा स्याउको बोटमा कलमी गर्दै किसान । पुस माघको समयमा यहाँका किसानले स्याउको कलमी गर्दछन् ।

हिमालपारिको जिल्ला मुस्ताङको जोमसोममा स्याउको बोटमा कलमी गर्दै किसान । पुस माघको समयमा यहाँका किसानले स्याउको कलमी गर्दछन् ।

रामपुर नगरपालिकामा स्काउट सम्बन्धी जनचेतना जगाउँदै रामपुर अङ्ग्रेजी आवासीय माविका विद्यार्थी ।

इटहरी बजारमा छ लेन सडक विस्तार गरिँदै । विराटनगर–इटहरी–धरान सडक खण्डमा सडक विस्तार आयोजनाको काम हुँदैछ ।

काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा रहेको शान्तिधाम परिसरभित्र निर्माण गरिएको बद्रीनारायणको मन्दिर । उक्त मन्दिर रु १५ करोड लागतमा निर्माण गरिएको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको दोर्पाचिरीडाँडास्थित बुवालुङमा कालोपत्रे गर्न ग्राभेल गर्दै कामदार । छिमेकी जिल्ला भोजपुर हुँदै किमाथाङ्का जोड्ने उक्त सडक कालोपत्रेको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढाइएको छ ।

शिवराज नगरपालिका–१ शिवपुर रेन्जर पोष्टमा ४५० घनमिटर क्षमताको ओभरहेड पानी ट्याङकी निर्माण गरिँदै ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्