×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाईफ इन्स्योरेन्सले ल्यायाे ‘ज्योति ईजी पे’ जीवन बीमा योजना, यस्ता छन् सुविधाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ज्योति लाईफ इन्स्योरेन्सले ल्यायाे ‘ज्योति ईजी पे’ जीवन बीमा योजना, यस्ता छन् सुविधाहरु

Artha Sarokar

२३ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ‘ज्योति ईजी पे’ जीवन बीमा योजना बजारमा ल्याएको छ । प्रत्येक वर्ष समान बीमाशुल्क तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै कम्पनीले उक्त योजना बजारमा ल्याएको हो ।उक्त योजनाको उद्घाटन कम्पनीको उच्च पदाधिकारीहरुको उपस्थितिमा सञ्चालक समितिले गरेका हुन् । प्रथम बीमाशुल्क पछि कम मात्र बीमाशुल्कमा यस योजनाले पूर्ण जोखिम बहन गर्नुको साथै राम्रो प्रतिफल पनि प्रदान गर्दछ ।  
प्रत्येक वर्ष ठुलो बीमा शुल्क बुझाउनु पर्ने अवस्थाबाट मुक्त पार्दै तयार पारिएको यस योजनामा प्रत्येक वार्षिकोत्सवमा भुक्तानी हुने बीमाङ्कको ५ प्रतिशत रकम दोस्रो वर्षदेखिको नवीकरण बीमाशुल्कमा मिलान गरि कम बीमाशुल्कमा नै बीमालेख जारी हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 
जनचाहाना अनुरुपको योजनाहरु बजारमा ल्याएको कम्पनीले आगामी दिनहरुमा पनि निरन्तर्ता दिने इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले बताए । आईएसओ ९००१ः२०१५ गुणस्तार चिन्ह प्रमाण पत्र प्राप्त यस कम्पनीले चाँडै नै ६६ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणको लगि निष्कासन गर्ने तयारीमा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी