×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकले ६ अर्ब रुपैयाँ बराबरको ६० लाख इकाई ऋणपत्र निष्काशन गर्ने, नेपाल धितोपत्र बोडबाट पायो अनुमति

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ माघ २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

कृषि विकास बैंकले ६ अर्ब रुपैयाँ बराबरको ६० लाख इकाई ऋणपत्र निष्काशन गर्ने, नेपाल धितोपत्र बोडबाट पायो अनुमति

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कृषि विकास बैंकले ६ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले नेपाल धितोपत्र बोडबाट प्रतिइकाई १ हजार रुपैयाँ दरमा ६० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । बैंकले ७ वर्ष अवधिको कृषि विकास बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । 
कुल ६० लाख इकाई ऋणपत्रमध्ये बैंकले २४ लाख इकाई सर्वसाधारणका लागि छुट्याएको छ भने बाँकी ३६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । ऋणपत्र बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ भने सो ऋणपत्रमा वार्षिक ४% ब्याजदर दिने बैंकले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: