×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी बैंक र प्रभु हस्पिटल एण्ड रेसर्च सेन्टरबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा विशेष छुट पाउने

  • अर्थ सरोकार सम्बाददाता
काठानडौं । कुमारी बैंक र प्रभु हस्पिटल एण्ड रेसर्च सेन्टरबीच सम्झौत भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले विरगंजस्थित प्रभु हस्पिटल एण्ड रेसर्च सेन्टरसँग सम्झौता गरेको हो । कुमारी बैंक लिमिटेडका तर्फबाट प्रदेश-२ का प्रमुख सिद्धार्थ सिंह र प्रभु हस्पिटल एण्ड रेसर्च सेन्टरका तर्फबाट चिकित्सक अधिकृत अविषेक अर्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकले प्रभु अस्पतालका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा २० प्रतिशत र औषधीमा बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन् । हालसम्म बैंकले आफ्ना देशव्यापी १ सय ९२ वटा शाखा सञ्जाल, १ सय ५२ एटिएम, २३ वटा शाखारहित बैंकिङ सेवा र १३ एक्सटेनसन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ । साथै आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता पनि जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: