×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : खोलाको किनारमा बनाइएका झुपडीमा बस्न बाध्य नागरिक, तरकारी खेतीमा रमाउँदै लमजुङका महिला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

देश बोल्ने फोटो कथा : खोलाको किनारमा बनाइएका झुपडीमा बस्न बाध्य नागरिक, तरकारी खेतीमा रमाउँदै लमजुङका महिला

Artha Sarokar

२६ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ स्थित पातुखोलाको किनारमा बस्न बनाएका झुपडीहरुदेखि लमजुङ बेँसीशहर नगरपालिका वडा नं ७ स्थित तरकारीबारीमा लगाइएको आलु खेतीमा रमाउँदै गरेका महिलासम्मका दृश्यलाई फोटोमा समेटेका छौं । 

हेरौं फोटो समाचार :
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ स्थित पातुखोलाको किनारमा बस्न बनाएका झुपडीहरु । अहिले केही नागरिकहरु खोला किनारमा बसिरहेका छन् । 
लमजुङ बेँसीशहर नगरपालिका वडा नं ७ स्थित तरकारीबारीमा लगाइएको आलु खेतीमा रमाउँदै महिला । बेँसीशहर बजारमा घर बनाउँन बाँकी रहेको खाली जमिनमा यहाँका स्थानीयहरुले तरकारी खेती गर्ने गर्दछन् ।

बागलुङको काठेखोला गाउँपालिका–५ थामाको नेटाबाट शनिबार घाम अस्ताउन लाग्दा हिमालमा देखिएको सुनौलो दृश्य ।  
प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्न रोष्टम जाने क्रममा  ।  
दुई सय ९९ औँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा गोरखादेखि काठमाडौँसम्म ओहोर दोहोर गरेको गोरखा–धादिङ–नुवाकोट–काठमाडौँसम्मको बाटोमा बाजागाँजासहित पदयात्रा गर्दै  तार्केश्वर नगरपालिका –३, पाँचमाने क्षेत्र हुँदै अघि बढेको  नेपाली सेनाको टोली । टोली पाँचमानेबाट बालाजु हुँदै आजै काठमाडौँको हनुमानढोका पुुग्ने छ ।
बागलुङ नगरपालिका–४ उपल्लाचौरमा निर्माणाधीन आधुनिक बसपार्क ।
पोखरा उद्योग वाणिज्य सङ्घको शनिबार सम्पन्न ३३औँ महाअधिवेशनको आइतबार बिहान ९ बजेदेखि सङ्घको कार्यालय गैह्रापाटमा मत गणना हुँदै । सङ्घका तीन हजार १५४ मतदाता मध्ये दुई हजार ३६५ जना मतदाताले मत हालेका थिए ।
बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटबाट देखिएको धवलागिरि हिमालसहितको मनोरम दृश्य ।
बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा देखिएको आन्तरिक पर्यटकको चहलपहल । पञ्चकोट धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचित छ । 
 रामपुरका कृषकलाई आलु खेतीबारे स्थलगत रुपमा प्रयोगात्मक प्रविधि सिकाउँदै रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेय । प्राविधिकले खेतबारीमै पुगेर सेवा दिन थालेपछि कृषक व्यावसायिक खेतीतर्फ उत्साहित बनेका छन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जबाट टाँगामा गन्तव्यतर्फ जाँदै यात्रु । यस क्षेत्रमा टाँगालाई सवारीको साधनको रुपमा प्रयोग गरिन्छ ।
सामुदायिक वनमा काठ दाउरा सङ्कलनमा बन्देज फुकुवाको माग गर्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका सामुदायिक वनका उपभोक्ता सडक सङ्घर्षका कार्यक्रम तय गर्न बोलाइएको भेलाका सहभागी । संघीय संसदको सार्वजनिक लेखा समितिले गठन गरेको छानविन उपसमितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्को जेठ १५ गतेको निर्णय अनुसार वैज्ञानिक वन व्यवस्थापन लागु भएका र नभएका सामुदायिक वनमा सालको काठ सङ्कलनमा बन्देज लगाइएपछि उपभोक्ता आन्दोलित भएका छन् ।
पोखराको धार्मिक पर्यटकीयस्थल विन्धबासीनी मन्दिर परिसरबाट देखिएको माछापुच्छ«े हिमाल । 
कपिलवस्तु विजय गाँउपालिकामा रहेको यस क्षेत्र कै ठूलो शङ्करपुर ताल संरक्षणको अभावले गर्दा पुरिँदै गएको छ । तालमा विभिन्न प्रजातिका चराचुरुङगंीसमेत रहेका छन् । ताल संरक्षणका लागि सम्बन्धित निकायले ध्यान नदिँदा तालको अस्तित्व लोप हुँदै गएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी