×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकद्वारा दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफा ३०.२७% ले बढ्दा प्रतिसेयर आम्दानी कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंक खुद नाफा ३०.२७% ले बढाएर ६१ करोड ५५ लाख ७३ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले गत वर्षको सोहि अवधिमा ४७ करोड २५ लाख १२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यता बैंकका दुई महत्वपूर्ण सूचक सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा पनि सुधार आएको छ । जसकारण नाफामा ३०.२७% को वृद्धि भएको छ । बैंकको खुद ब्याज आम्दानी ५.७९% ले बढेर १ अर्ब १६ करोड २४ लाख ३८ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि २८.१९% ले बढेर ८६ करोड ५२ लाख १० हजार रुपैयाँ पुगेको छ ।
विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ९५ पैसाले बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ४२ पैसा  रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: