×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको खुद नाफासहित अधिकाशं सूचकहरु उरालोतर्फ, यस्तो छ कारण !

PRIME CA
GLOBAL IME BANK

दोस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको खुद नाफासहित अधिकाशं सूचकहरु उरालोतर्फ, यस्तो छ कारण !

८ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा घटेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ४.७७% ले घटेर १ अर्ब ५८ करोड ६६ लाख ९ हजार रुपैयाँमा कायम भएको वित्तीय विवरण सार्वजनिक गरेको हो । 
यस्तै बैंकका दुई सूचक सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । खुद ब्याज आम्दानी २.६४% र सञ्चालन नाफा २.०८% ले घटेको सार्वजनिक विवरणमा उल्लेख छ । जसकारण खुद नाफामा पनि असर परेको छ । यसअवधिमा बैंकको वितरणयोग्य नाफा ४१.४४% ले घटेर ४९ करोड ३८ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ । 
बैंकको प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ७२ पैसाले घटेर १९ रुपैयाँ ७१ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ३९ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: