
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपैयाँ बराबरको बन्ड निष्काशन गर्ने भएको छ । बैंकले माघ १६ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई बन्ड निष्काशन गर्ने भएको हो । बैंकले ४० लाख इकाई बन्डमध्ये १६ लाख इकाईमा सर्वसाधारणलाई दिनेछ भने बाँकी २४ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ ।
बैंकले ७ वर्ष अवधिको ‘नेपाल इन्भेष्टमेन्ट बैंक बन्ड २०८४’ जारी गर्न लागेको हो । जसमा वार्षिक ८.५% ब्याजदर दिने बैंकले जनाएको छ । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । बण्डमा लगानीकर्ताले माघ २० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्म सबै बन्ड बिक्री नभएमा माघ ३० गतेसम्म आवेदन खुला रहनेछ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । बैंकले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्