×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : हिलिहाङ दरबार संरक्षणको अभावमा भग्नावशेष अवस्थामा, नेपाल आइपुग्यो कोरोनाविरुद्धको खोप

अर्थ सरोकार

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार

PRIME CA

देश बोल्ने फोटो कथा : हिलिहाङ दरबार संरक्षणको अभावमा भग्नावशेष अवस्थामा, नेपाल आइपुग्यो कोरोनाविरुद्धको खोप

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले पाँचथरको हिलिहाङ दरबार क्षेत्र दरबार क्षेत्र संरक्षण अभावमा भग्नावशेषमा परिणत भएकोदेखि भारतले दिएको कोरोनाविरुद्धका खोप नेपाल आइ पुगेकोसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको ऐतिहासिक हिलिहाङ दरबार क्षेत्र । यहाँ लगाइएको ढुङ्गाको पर्खाल करिब २७० वर्ष पुरानो रहेको स्थानीय जानकार बताउँछन् । दरबार क्षेत्र संरक्षण अभावमा भग्नावशेषमा परिणत भएको छ । 
त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिहीबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका  लागि भारतीय राजदूत विनयमोहन क्वात्रा  नेपाललाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोपका साथमा  ।

पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको ऐतिहासिक हिलिहाङ दरबार क्षेत्र । यहाँ लगाइएको ढुङ्गाको पर्खाल करिब २७० वर्ष पुरानो रहेको स्थानीय जानकार बताउँछन् । दरबार क्षेत्र संरक्षण अभावमा भग्नावशेषमा परिणत भएको छ । 
त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिहीबार नेपाल आएका यात्रुु गन्तव्यतर्फ जाँदै । क्षेत्र संरक्षण अभावमा भग्नावशेषमा परिणत भएको छ । 
भरतपुर महानगरको गौरवको आयोजना सिटीहल निर्माणस्थलमा भइरहेको काम निरीक्षण गर्दै महानगर प्रमुख रेनु दाहालसहित स्थानीय ।
भरतपुर महानगरको गौरवको आयोजना सिटीहल निर्माणस्थलमा भइरहेको काम निरीक्षण गर्दै महानगर प्रमुख रेनु दाहालसहित स्थानीय ।
नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर कार्यक्रममा सहभागी ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित मस्र्याङ्दी नदीमा जाल हानेर माछा मार्दै एक व्यक्ति । 
पोखरा–काठमाडौँ पृथ्वीराजमार्गमा बस भित्र सारङ्गी रेट्दै गन्धर्बको धून सुनाउँदै डुम्रेका २२ र २५ वर्षीय शङ्कर र प्रदीप गन्धर्ब । 
टोकियो विश्वविद्यालय जापानबाट माघ ६ गते मङ्गलबार विद्यावारिधी उपाधी प्राप्त गर्नुभएका खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको भूकम्पमापन तथा अनुसन्धान केन्द्रमा कार्यरत भूकम्पविद् मुकुन्द भट्टराई । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: