![](https://arthasarokar.com/wp-content/uploads/2021/01/2-390.jpg)
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले नेपाली सेनाबाट अवकाश प्राप्त पाल्पाका प्रकाशमणि तिमिल्सिना अहिले तरकारी खेतीमा लागेकोदेखि धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिकस्थल नमोबुद्धमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेकोसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
नेपाली सेनाबाट अवकाश प्राप्त पाल्पा रामपुर नगरपालिका वडा नं १० हेक्लाङ्ग बस्ने प्रकाशमणि तिमिल्सिना अहिले तरकारी खेतीमा लाग्नुभएको छ ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/01/2-391.jpg)
धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिकस्थल नमोबुद्ध । कोरोना महामारी कम हुँदै गएपछि यहाँ आन्तरिक पर्यटकको आगमन बढ्न थाले पनि मुख्य गुम्बा भने बन्द छ ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/01/6-24.jpg)
बागलुङ नगरपालिका–१४ नारायणस्थानका महिला पुसको जाडोमा घाममा बसेर गुन्द्री बन्दै ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/01/1-44.jpg)
नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको नेका केन्द्रीय कार्य समितिको बैठक ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/01/9-22.jpg)
कास्की पोखरा हस्तकला सङ्घको १० औँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित रामकली खड्कालगायत नवनिर्वाचित पदाधिकारी सामूहिक तस्बिरमा ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/01/8-25.jpg)
म्यागदीको बेनी बजारका युवा व्यवसायी सुविन श्रेष्ठले प्रदान गरेको न्यानो कपडा पाएपछि सामूहिक तस्वीरमा गायत्री मन्दिर र राम मन्दिरमा बसोवास गर्ने पुजारी र वृद्धवृद्धा ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/01/7-26.jpg)
नेपालगञ्ज लैजान भेरी नगरपालिका –११, फेरा बजारमा तयारी अवस्थामा राखिएको मकै । बिक्री गर्न लैजाने मकै गाउँबाट प्रतिकेजी रु ३२ मा खरिद गरेर ल्याइएको हो ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/01/5-27.jpg)
बागलुङका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै प्रभू बैंकका कार्यकारी अधिकृत अशोक शेरचन ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/01/4-27.jpg)
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको फाँटमा देखिएको हरिणको बथान । शुक्लाफाँटा घाँसे मैदानको घाँस व्यवस्थापन भएसँगै यहाँ सयौँको सङ्ख्यामा बाह्रसिङ्गे सहजै अवलोकन गर्न सकिन्छ ।
![](https://arthasarokar.com/wp-content/uploads/2021/01/3-32.jpg)