
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले कुहिरो र हुस्सु लागेका कारण जाडो बढेपछि लमजुङ बेँसीशहर नगरपालिका बसोबास गर्दै आएका स्थानीय आइतबार बिहान बजारको सडक छेउमै आगो ताप्दै गरेका युवादेखि झापाको बिर्तामोडस्थित मुक्तिचोक नजिकै फलफूल बिक्रीका लागि ग्राहकको प्रतीक्षामा बसेकी एक महिलासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
कुहिरो र हुस्सु लागेका कारण जाडो बढेपछि लमजुङ बेँसीशहर नगरपालिका बसोबास गर्दै आएका स्थानीय आइतबार बिहान यस बजारको सडकछेउमै आगो ताप्दै । यस जिल्लामा शनिबारबाट घाम नलागेपछि जाडोको बढेको महसुस हुन थालेको छ । जाडोका कारण बालबच्चा र वृद्धावृद्धलाई बढी समस्या पर्न थालेको छ ।

झापाको बिर्तामोडस्थित मुक्तिचोक नजिकै फलफूल बिक्रीका लागि बसेकी एक महिला ग्राहकको प्रतीक्षा गर्दै ।

दाङको प्रसिद्ध धार्मिकस्थल धारपानी धाम आन्तरिक पर्यटकको रोजाइको क्षेत्र वनेको छ । यहाँ छिमेकी जिल्लाबाट घुम्न आउनेको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

हिमा गाउँपालिका जुम्लामा पालिँदै आएका हिमाली घोडाघोडी चिसो बढेसँगै सुर्खेत झारिएका छन् । मङ्सिरदेखि तल झारिएका घोडाघोडी अब बैशाखमा जुम्ला ल्याइने घोडापालक किसान निलबहादुर शाहीले बताउनुभयो ।

कैलालीको टीकापुरका महिला कृषक सामूहिकरुपमा गरेको तरकारी खेती काउली प्रदर्शन गर्दै । टीकापुर–२ राजीपुरमा कृषक पाठशालामा आबद्ध महिलाले सामूहिकरुपमा तरकारी खेती गरेका छन् ।

कैलालीको टीकापुरका महिला कृषक सामूहिकरुपमा गरेको तरकारी खेती काउली प्रदर्शन गर्दै । टीकापुर–२ राजीपुरमा कृषक पाठशालामा आबद्ध महिलाले सामूहिकरुपमा तरकारी खेती गरेका छन् ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८, गोगने सल्लेनीका शम्भु नेपालले गर्नु भएको व्यावसायिक ड्रागन खेती । बाइस वर्षसम्म विराटनगरमा बसेर पुनः गाउँ फर्केका नेपालले अहिले २२ रोपनीमा १५ सय पिलरमा ड्रागन लगाउनु भएको छ भने अझ २५ सय पिलरमा लगाउने लक्ष्य उहाँको छ । अठार रोपनी क्षेत्रफलमा पनि व्यावसायिक कागती खेती गर्नुभएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा ठूलो बगर कृषक समूहमार्फत गरिएको सामूहिक व्यवसायिक आलुखेती गोडमेल गर्दै स्थानीयवासी ।

गत वर्षात्मा भूजीखोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको ढोरपाटन नगरपालिका–९ लाँकुरीबोटस्थित घर । बाढीले उठिबास भएका परिवार घर पुनःनिर्माणको पखाइमा छन् ।

मनाङको नासो गाउँपालिका– ८ तचै जङ्गलमा लागेको आगो निभाउँदै स्थानीय जिल्ला प्रशासनका प्रतिनिधि र सुरक्षाकर्मी । गत मङ्सिर ११ गतेदेखि जङ्गलमा आगलागी सुरु भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली अखिल नेपाल महिला सङ्घद्वारा राजधानीमा आइतबार आयोजित अखिल नेपाल महिला सङ्घ केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्