
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बर्दियाको बारबर्दिया नगरपालिका–११ मा माघौता नाच नाची रमाइलो गर्दै थारु समुदायदेखि रुकुम (पूर्व) का हिमालमा पछिल्लो समय हिउँ पर्न छोडेपछि चाँदी झै टलक्क टल्कन छाडेका हिमाल सम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
बर्दियाको बारबर्दिया नगरपालिका–११ मा माघौता नाच नाची रमाइलो गर्दै थारु समुदाय ।

केही वर्ष पहिले बाह्रैमहिना हिउँ रहिरहने रुकुम (पूर्व) का हिमालमा पछिल्लो समय हिउँ पर्न छोडेपछि चाँदी झै टलक्क टल्कन छाडेका हिमाल । पहिले कात्तिकको अन्तिम र पुस महिनाबाट हिउँ पर्ने गरेको भए पनि यस वर्ष भने माघको दोस्रो साता लाग्दा पनि हिउँ परेको छैन।

तनहुँको म्याग्दे गाउँपालिका–५ मूलाबारीस्थित कालभैरव मन्दिरका लागि डस्टविन हस्तान्तरण गर्दै आदर्श युवा क्लबका अध्यक्ष गौरवराज राना । मन्दिर वरपर सरसफाइ राख्ने उद्देश्यले क्लवले डस्टविन सहयोग गरेको हो ।

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा गरिएको सडक कालोपत्रे । सडक डिभिजन कार्यालय बागलुङले रत्नेचौरमा एक हजार ४०० मिटर सडक कालोपत्रे गरेको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम हुँदै दरमिजा–चिमखोला–कुइनेमङ्गले जोड्ने अजिङ्गर भीरमा निर्माण भएको सडकमा गुडेको गाडी । गाउँपालिका र चिमखोलामा जलविद्युत निर्माण गर्न लागेको तुदी पावर कम्पनीको साझेदारीमा अक्करे भीरमा सडक निर्माण गरिएको हो ।

मकवानपुरको कैलाश गाउँपालिकाअन्तर्गत वडा नं १० को विभिन्न क्षेत्रमा लगाएको लागू औषध गाँजाखेती फडानी गर्दै सुरक्षाकर्मी । यस क्षेत्र अन्तर्गत कोगोपिराङ, बेडिघारी, सल्लनीलगायका ६ विगाहा क्षेत्रफलमा लगाएको गाँजाखेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको कैलाश गाउँपालिकाअन्तर्गत वडा नं १० को विभिन्न क्षेत्रमा लगाएको लागू औषध गाँजाखेती फडानी गर्दै सुरक्षाकर्मी । यस क्षेत्र अन्तर्गत कोगोपिराङ, बेडिघारी, सल्लनीलगायका ६ विगाहा क्षेत्रफलमा लगाएको गाँजाखेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विसं २०७० अगाडि अवैध रक्तचन्दन बोकेका अभियोगमा लाङ्टाङ राष्टिय निकुञ्जले जफत गरेको कन्टेनर डिब्बा हालसम्म लिलाम हुन नसक्दा जीर्ण हँुदै । यो डिब्बा निकुञ्जको परिसर छेउका सडकमा राखिए पनि संरक्षण हुन नसक्दा पार्टपुर्जासमेत हराउन थालेका छन् ।

तनहुँको भिमाद नगरपालिका वडा नं ८ वैद्यपानी सिम्लेमा रहेको तीर्थस्थल ‘लाटी बाराही’ । नबोल्ने बालबालिकाका लागि बोली दिने तीर्थस्थलका रुपमा यस स्थलले ख्याती कमाएको छ ।

पोखरेबगरस्थित भाडाको घरमा राखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय । म्याग्दीका अधिकांश पालिकाको आफ्नै भवन छैनन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्