
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटस्थित भिरपाखा सामुदायिक वनबाट दाउरा बोकेर घरतर्फ जाँदै गरेका कास्कीकोटका स्थानीय महिलादेखि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेप गाउँका किसान बगानमा अलैँची टिप्दै गरेकासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटस्थित भिरपाखा सामुदायिक वनबाट दाउरा बोकेर घरतर्फ जाँदै कास्कीकोटका स्थानीय महिला ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेप गाउँका किसान बगानमा अलैँची टिप्दै । केही वर्ष अगाडि प्रति मन रु एकलाख २० हजारमा खरिद बिक्री भएको अलैँची यस वर्ष रु २४ हजारमा बिक्री गर्नुपर्दा अलैँची कृषक निरास भएका छन् ।

रामपुर बेझाड बजारबाट निस्केको फोहोरजन्य पदार्थमा बालबालिका रमाउँदै ।

कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं १ पल्टा गाँउ नजिकै मरेको सिनो खान जम्मा भएको गिद्धाको बथान । वातावरण तथा समाजको कुचिकारको रुपमा परिचित गिद्धा सिनो खान यहाँ आउने गरेको पाइन्छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको दोस्रो वार्षिकोत्सव कार्यक्रमको बुधबार उद्घाटन गर्दै नेपाल नगरपालिका सङ्घका केन्द्रीय अध्यक्ष अशोककुमार ब्याञ्जु ।

मानव सेवा आश्रम प्रदेश नं १ विराटनगरमा आश्रितहरु बिहानको खाना खाँदै । विराटनगरमा सञ्चालन दुई आश्रममा हाल २५२ जना बेसहारा आश्रय लिइरहेका छन् ।

झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

पोखरा महानगरपालिका वडा नं १७ पार्दिस्थित नागमणि मूर्तिपसलमा ससुराले तयार गरेको मूर्तिमा रङ्ग लगाउँदै बुहारी स्मृति तामाङ ।

बिवाहमा शुक्लाफाँटा नगरपालिका वडा नं ४ असैनाका राना थारु समुदायका व्यक्तिहरु डोली बोकेर जाँदै । राना थारु समुदायले बिवाहमा बेहुलाबेहुली बोक्न प्रयोग गर्ने डोलीको चलन हट्दै जान थालेको छ ।

शुक्लाफाँटा नगरपालिका वडा नं ८ बेलडाँडीका किसानले बारीमा रोपेको गोलभेडा । गोलभेडालगायतको तरकारी खेती गरी यहाँका किसानले गतिलो आम्दानी हात पार्दै आएका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्