×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : तानसेनमा जथाभावी छाडिए पशु चौपाया, पोखरामा चर्खामा राखेर धागो बनाउँदै एक महिला

अर्थ सरोकार

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार

PRIME CA

देश बोल्ने फोटो कथा : तानसेनमा जथाभावी छाडिए पशु चौपाया, पोखरामा चर्खामा राखेर धागो बनाउँदै एक महिला

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले तानसेन नगरपालिकाभित्र जथाभावी छाडिएका पशु चौपायादेखि पोखरा महानगरपालिका–१ ट्याक्सी चोकस्थित चर्खामा राखेर धागो बनाउँदै गरेकी एक महिलासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
तानसेन नगरपालिकाभित्र जथाभावी छाडिएका पशु चौपाया । पाल्पामा गौशालाको अभावका कारण बजार क्षेत्रमा छाडा चौपाया बढ्दै गएको छ ।
पोखरा महानगरपालिका–१ट्याक्सी चोकस्थित चर्खामा राखेर धागो बनाउँदै एक महिला । 
टुरिष्ट गाईड एसोसिएशन अफ नेपाल (टुर्गान)को सोमबार २७ औँ वार्षिक साधारणसभामा सहभागी ।
टुरिष्ट गाईड एसोसिएशन अफ नेपाल ९टुर्गान०को सोमबार २७ औँ वार्षिक साधारणसभामा सहभागी ।
नेपाल इन्जीनियरिङ परिषद्ले स्वदेश तथा विदेशमा इन्जीनियरिङ विषयको अध्ययन पूरा गरेका विद्यार्थीलाई अब परीक्षा लिएर मात्र इजाजत दिने व्यवस्थाबारे जानकारी दिँदै परिषद्का अध्यक्ष डिल्लीरमण निरौला ।
धनगढी बजार छेउ पूरानो हवाई मैदान रहेको जमिनमा पुनःस्थापित गराइएका मुक्त कमैया परिवारका लागि निर्माणाधीन पक्की घर । 
तानसेनमा रहेको परम्परागत ढाका उद्योगमा कपडा बुन्न व्यवस्थापन गरिएका तान । पाल्पाबाट उत्पादन हुने ढाका बलियो र आकर्षक हुने हुँदा ती वस्तु देशभर प्रख्यात छन् । 
तानसेनमा रहेको परम्परागत ढाका उद्योगमा कपडा बुन्न व्यवस्थापन गरिएका तान । पाल्पाबाट उत्पादन हुने ढाका बलियो र आकर्षक हुने हुँदा ती वस्तु देशभर प्रख्यात छन् । 
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको दमौलीमा आयोजित १२औँ साधारणसभाको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने ।
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको दमौलीमा आयोजित १२औँ साधारणसभाको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: