- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक २२.१० अंकले बढेर २ हजार ३९६ दशमलव ७५ अंकमा पुगेको छ ।
उक्त सेसनमा आज १८ कम्पनीको २२ हजार ३५५ कित्ता सेयर १ करोड १५ लाख ८० हजार १६२९ रुपैयाँमा खरीद बिक्री भएको छ । १८ कम्पनीमध्ये ११ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्य घटेको छ । सथै३ कम्पनीको मूल्य स्थिर रहेको छ ।