
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाको खुद नाफा २७.५१ प्रतिशतले बढेको छ । संस्थाले पुस मसान्तसम्ममा ९ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत आवको यहि अवधिमा लघुवित्तले ७ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ भने सञ्चालन नाफामा पनि वृद्धि भएको छ । संस्थाको खुद ब्याज आम्दानी २२.८९ प्रतिशत तथा सञ्चालन नाफा २७.८९ प्रतिशतले बढेको छ । चुक्ता पूँजी ३२ करोड रहेको लघुवित्तको जगेडा कोषमा २६ करोड ३३ लाख रुपैयाँ सञ्चित छ ।
पुस मसान्तसम्ममा लघुवित्तले १ अर्ब ८७ करोड ८६ लाख रुपैयाँ तथा ३ अर्ब २९ करोड २३ लाख रुपैयाँ सापटीबाट कुल ५ अर्ब ५० करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । लक्ष्मीको प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ २८ पैसा रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्