
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाको खुद नाफा २७.५१ प्रतिशतले बढेको छ । संस्थाले पुस मसान्तसम्ममा ९ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत आवको यहि अवधिमा लघुवित्तले ७ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ भने सञ्चालन नाफामा पनि वृद्धि भएको छ । संस्थाको खुद ब्याज आम्दानी २२.८९ प्रतिशत तथा सञ्चालन नाफा २७.८९ प्रतिशतले बढेको छ । चुक्ता पूँजी ३२ करोड रहेको लघुवित्तको जगेडा कोषमा २६ करोड ३३ लाख रुपैयाँ सञ्चित छ ।
पुस मसान्तसम्ममा लघुवित्तले १ अर्ब ८७ करोड ८६ लाख रुपैयाँ तथा ३ अर्ब २९ करोड २३ लाख रुपैयाँ सापटीबाट कुल ५ अर्ब ५० करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । लक्ष्मीको प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ २८ पैसा रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्