×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : गिट्टी कुटेर जिपिकोपार्जन गर्दै लमजुङका महिला, सडक धुलाम्य हुँदा सास्ती खेप्न बाध्य यात्रु

PRIME CA

देश बोल्ने फोटो कथा : गिट्टी कुटेर जिपिकोपार्जन गर्दै लमजुङका महिला, सडक धुलाम्य हुँदा सास्ती खेप्न बाध्य यात्रु

२७ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले लमजुङ मस्र्याङ्दी गाउँपालिका वडा नं ८ भुस्मेमा गिट्टी कुट्दै गरेका मजदुर महिलादेखि  मुग्लिन–नारायगढ सडक खण्ड अन्तर्गत इच्छामनकामना गाउँपालिका–६ जलबिरे नजिक सडक मर्मतको क्रममा रहेपछि धूलोको सास्ती खेप्दै गरेका सवारी यात्रुहरुसम्मका दृश्यलाई फोटोमा समेटेका छौं । 
हेरौं फोटो समाचार : 
लमजुङ मस्र्याङ्दी गाउँपालिका वडा नं ८ भुस्मेमा गिट्टी कुट्दै मजदुर महिला । 
मुग्लिन–नारायगढ सडक खण्ड अन्तर्गत इच्छामनकामना गाउँपालिका–६ जलबिरे नजिक सडक मर्मतको क्रममा रहेपछि धूलोको सास्ती खेप्दै सवारी यात्रुहरु ।
भीमदत्त नगरपालिकामा कर बुझाउन लामबद्ध नगरबासी । नगरपालिकाले चालु आबमा गत आबको भन्दा दोब्बर बढी राजस्व सङ्कलन गरेको छ । 
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी सोमबार तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निरीक्षण गर्दै । 
रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ र २, हाकु वन जङ्गलमा लागेको डडेलो  । सानो हाकु नजिक फुलबारीदेखि पश्चिमतर्फको जङ्गलमा आइतबार रातिदेखि अचानक लागेको डडेलो नियन्त्रण हुन नसक्दा लारवाङ र हेच्याङ्ब्रा क्षेत्रका वन चपेटामा परेको छ  । 
राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीका अवसरमा काठमाडौँको सिंहदरबारको पश्चिम द्वार अगाडि  पृथ्वीनारायण शाहको शालिक परिसरमा राष्ट्रिय एकता दिवस मनाउन बाजागाजासहित उपस्थित सर्वसाधारण ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार काठमाडौँ उपत्यकाको विद्युत प्रणाली सुधारसम्बन्धी छलफलमा सहभागीहरु । 
बागलुङको ढोरपाटन उपत्यका । बागलुङ, पूर्वी रुकुम र म्याग्दी गरी एक हजार ३२५ वर्ग किमिमा ढोरपाटन शिकार आरक्ष फैलिएको छ ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका –१० चण्डेनीमण्डनको तीनधारा नजिकै निर्माणाधीन तामाङ एकीकृत नमूना बस्ती । घरबासको अवधारणासहितको एक घर बराबर करिब रु १० लाख ५० हजारको लागतमा ३० घर निर्माण काम भइरहेको छ । 
शुक्लाफाँटा नगरपालिका कलुवापुरमा रहेको डेरी उद्योगमा खुवा बनाउँदै कामदार । स्थानीय बजारमा खुवाको माग अधिक रहेको छ  ।
कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहलमा नियमित प्रशिक्षणमा रहका कुस्तीका अन्तर्राष्ट्रिय खेलाडी सुरेश चुनारा ।
पाल्पाको रामपुर नगरपालिका– ४ स्थित हाम्रो आधुनिक कृषि फार्मको नर्सरीमा राखिएको तरकारीका बिरुवा । 
लमजुङ बेँसीशहर नगरपालिकाको रिङरोड फराकिलो बनाउने काम गर्दै मजदूर ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाको चाखोला आसपासको खेतमा लगाएको आलु खेती । आलु खेतीले यहाँका खेतका फाँट हरियाली बन्दै गएको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: