×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफामा १३.१९ प्रतिशतको गिरावट, वितरणयोग्य नाफा १६ करोड ९८ लाख (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफामा १३.१९ प्रतिशतको गिरावट, वितरणयोग्य नाफा १६ करोड ९८ लाख (विवरणसहित)

Artha Sarokar

१६ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले २६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकको यो नाफा गत वर्षको भन्दा १३.१९% थोरै हो । बैंकको वितरणयोग्य नाफा १६ करोड ९८ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म बैंकले ३२ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २७ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह लगानी गरेको छ ।
यस्तै खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १६.८०% र १२.९७% ले घटेको छ । जसकारण बैंकको खुद नाफामा असर पुगेको छ । चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा ९३ करोड ७२ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ६८ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी