×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : तनहुँको व्यासका महिला वनबाट घाँस बोकेर घरतर्फ आउँदै, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

PRIME CA

देश बोल्ने फोटो कथा : तनहुँको व्यासका महिला वनबाट घाँस बोकेर घरतर्फ आउँदै, हेर्नुहोस् देशभर अरु कहाँ-के भयो ?

२१ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले तनहुँको व्यास नगरपालिका–५ चुँदेरका महिला वनबाट घाँस बोकेर घरतर्फ आउँदै गरेकोदेखी दिनभरी देशभर भएका गतिविधिलाई दृश्यलाई फोटोमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
तनहुँको व्यास नगरपालिका–५ चुँदेरका महिला वनबाट घाँस बोकेर घरतर्फ आउँदै । वस्तुभाउलाई खुवाउन यहाँका महिलाहरुले वनबाट घाँस ल्याउने गरेका छन् ।
भक्तपुर नगरपालिका–१ सल्लाघारी व्यासी सडक खण्डअन्तर्गत इतापाकेमा सडकवत्ती जडान गर्न खम्बामा चढेका मजदुरलाई करेन्ट लागि बेहोस भएको अवस्थामा उद्धार गरिँदै । 
अन्तर्राष्ट्रिय बागलुङ समाजका प्रतिनिधिबाट पत्रकार महासङ्घ बागलुङका प्रतिनिधिलाई सहयोगस्वरुप प्रोजेक्टर हस्तान्तरण ।
राष्ट्रिय युवा सङ्घ नेपाल म्याग्दीले मङ्गलबार आयोजना गरेको जिल्ला स्तरीय युवा भेलाका अवसरमा बेनीमा निकालिएको पदयात्रामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतलगायत ।
समुद्री सतहदेखि चार हजार १५६ मिटर उचाईमा रहेको सिलिचुङबाट देखिएको सालपा पोखरीलगायत पर्यटकीयस्थल । सरकारले पछिल्लो पटक निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेलमा पर्ने सिलिचुङबाट सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमश्रृङ्खलाकासाथै तराईका फाँट देख्न सकिन्छ ।
भोजपुरको मुन्धुम पदमार्ग निर्माण गर्दै कामदार । चखेवाभञ्याङबाट मैयुङ डाँडासम्म  १२ किलोमिटर पदमार्ग निर्माणको काम थालिएको छ । सो पदमार्गमा स्थानीय स्रोत साधानको प्रयोग गर्दै यात्रुको सहजताको लागि चौतारा, फलैचा, पिउने पानी, विश्राम स्थललगायत  निर्माण गरिने छ । पदमार्गमा प्रदेश १ सरकार, स्वीस सरकार र गाउँपालिकाको साझेदारीमा रु। दुई करोड बजेटमा निर्माण गरिने छ ।
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको पर्यटकीयस्थल बेलढुङ्गाबाट देखिएको सूर्योदयको दृश्य । 
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षेते खण्डअन्तर्गत साँघुरो सडकलाई फराकिलो बनाउन खहरेमा चट्टान काट्दै स्काभेटर ।
बारेकोट गाउँपालिका –९ मा कस्तुरीपालन तथा प्रजनन केन्द्र स्थापनाका लागि वन तथा वातावरण मन्त्रालयद्वारा  निर्माणाधीन भौतिक पूर्वाधार ।
कालोपत्रे गर्न  तयारी हुँदै बागलुङको बलेवा विमानस्थल । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: