×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माघे संक्रातिमा पनि किन भएन तरुलको सोचेजस्तो व्यापार ? ‘खानलाई होइन धेरैले देउतालाई चढाउन मात्र लगे…’ (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । माघ १ अर्थात माघे संक्राति। प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्तिको दिन दिन तरुल, सखरखण्ड, पीडालु लगायतका कन्दमुल खाएर मनाउने गरिन्छ । आजकै दिन मनाउनका लागि तरुल, पीडालु लगायतका कन्दमुल किन्नेहरुको भीडसमेत लागेको छ काठमाडौँका विभिन्न तरकारी बजारमा । यता कोरोना महामारीका कारण धेरै व्यवसायीहरुले भने सोचेजस्तो व्यवसाय गर्न नसकेको बताईरहेका छन् । 
व्यापारीहरुले बिगतमा जस्तो व्यापार नभएको बताईरहंदा यता ग्राहकहरुले पनि तरुल सखर खण्ड लगायतका कन्दमुल विगतमा भन्दा महँगो भएको गुनासो पोखेका छन् । माघे संक्रान्तिमा उपभोग हुने कन्दमुलको भाउ कस्तो छ त ? ग्राहक र व्यावसायी के भन्छन ? हामीले कालीमाटी तरकारी बजार र काठमाडौँको नक्सालस्थित तरकारी बजारसम्म पुगेर ग्राहक र व्यवसायीहरुलाई यस विषयमा सोधेका छौं । 
यता माघे संक्रातीका लागि कन्दमुलहरुको व्यापार त ह्वात्तै बढेको छ नै, तर कतिपय व्यापारी र ग्राहकहरुले कोरोना कहरका बीच स्वास्थ्य मापदण्ड नपनाउदा भने त्यसले कोरोना संक्रमणको थप त्रास बढाएको छ ।
हेरौं भिडियो रिपोर्ट:
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: