काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले दुई वर्षका लागि टिकेटिङ पार्टनर खोज्न सुरु गरेको छ । क्यानले नेपाल प्रिमियर लिग (एनपिएल) बाहेकका अन्य प्रतियोगिता तथा अन्तराष्ट्रिय क्रिकेट खेलहरुको टिकट बिक्रीका लागि टिकेटिङ पार्टनर खोज्न सुरु गरेको हो ।
नेपालमा आयोजना हुने टि-२० र एकदिवसीय अन्तराष्ट्रिय खेलहरुको अनलाइन तथा भौतिक टिकट बिक्रीका लागि राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको छ ।
क्यानले बोलपत्र नं. ‘क्यान/बिड/०७/०८३/०८४’ अनुसार इच्छुक तथा योग्य कम्पनीलाई बोलपत्र पेश गर्न आह्वान गरेको छ । क्यानका अनुसार आगामी ३० नोभेम्बरसम्म क्यानको मूलपानी कार्यालयबाट वा वेबसाइटमार्फत बोलपत्र कागजात लिन सकिनेछ ।
बोलपत्र कागजात लिन १० हजार रुपैयाँ शुल्क (फिर्ता नहुने) तिर्नुपर्ने क्यानले जनाएको छ । बोलपत्र २०२६ डिसेम्बर १ (दिउँसो १२ बजेभित्र) आफैँ वा कुरियरमार्फत मात्र बुझाउनुपर्नेछ । बोलपत्रहरु सोही दिन दिउँसो १ बजे खोलिनेछन् । प्रस्तावित बोलपत्र ९० दिनसम्म मान्य हुनुपर्नेछ भने बोलपत्रसाथ न्यूनतम १४ लाख रुपैयाँको बिड सेक्युरिटी पेस गर्नुपर्नेछ भने ठेक्का पाउने कम्पनीले सम्झौताका क्रममा २५ लाख रुपैयाँको कार्यसम्पादन जमानत बैंक ग्यारेन्टीका रुपमा राख्नुपर्नेछ र हरेक वर्ष सम्झौता नवीकरण गर्नुपर्ने पनि क्यानले जनाएको छ ।
आवेदन दिँदै इसेवा !
यता क्यानले आह्वान गरेको बोलपत्रमा इसेवाले पनि आवेदन दिने तयारी गरेको छ । क्यानले आह्वान गरेको बोलपत्रमा आवेदन दिने तयारी गरिएको इसेवाका एक अधिकारीले पुष्टि गरेका छन् ।
इसेवा भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)को टिकेटिङ पार्टनर हो । एनपिएलन सिजन-३ मा इसेवामा देखिएको सुरक्षा कमजोरीका कारण ‘एआई बट’ को प्रयोग गरेर हजारौँ टिकट काटिएको तथ्य बाहिरिएपछि इसेवा बदनाम छ । यतिसम्म कि इसेवाले टिकट बिक्रीमा घोटाला गरेको भन्दै टियु क्रिकेट मैदानमा इसेवाविरुद्द नाराबाजी नै गरिएको थियो । त्यसबेला क्रिकेटप्रेमीहरुले ‘अनस्टल इसेवा’ अभियान नै चलाएका थिए ।
तर, इसेवामा देखिएको उक्त सुरक्षा कमजोरी सुधार नगरी पुनः इसेवा क्यानले आह्वान गरेको बोलपत्रमा भाग लिँदैछ । यद्यपि क्यानका अधिकारीहरु भने इसेवाप्रति त्यति पोजेटिभ नभएको स्रोतको दाबी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्