×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : यात्रुको पर्खाइमा टीकापुरका अटो रिक्सा व्यवसायी, परम्परागत कोलमा उखु पेल्दै बागलुङका बासिन्दा

PRIME CA

देश बोल्ने फोटो कथा : यात्रुको पर्खाइमा टीकापुरका अटो रिक्सा व्यवसायी, परम्परागत कोलमा उखु पेल्दै बागलुङका बासिन्दा

५ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले कैलालीको टीकापुर बजारमा यात्रुको पर्खाइमा पार्किङ गरिएका अटो रिक्सादेखि परम्परागत कोलमा उखु पेल्दै ताराखोला गाउँपालिका–४ हिल बागलुङका स्थानीय बासिन्दासम्मका दृश्यलाई फोटोमा समेटेका छौं । 

हेरौं फोटो समाचार :
कैलालीको टीकापुर बजारमा यात्रुको पर्खाइमा पार्किङ गरिएका अटो रिक्सा । पछिल्ला महिनामा स्वरोजगारको मुख्य माध्यम बनेको यो व्यवसायमा कोरोनाको जोखिमका कारण प्रतिकूल असर पुगेको सम्बन्धित मजदुरले बताएका छन् ।
परम्परागत कोलमा उखु पेल्दै ताराखोला गाउँपालिका–४ हिल बागलुङका स्थानीय बासिन्दा । 
धरान–२० बिष्णुपादुकाको कालिमाटी क्षेत्रमा निर्माणाधीन नेपालको प्रथम एड्भेन्चर पार्क । सेछ एडभेन्चर एन्ड होलिडेजले निर्माण गरेको पार्क साढे तीन बिघा क्षेत्रमा फैलिएको छ भने रु १० करोड बजेट रहेको छ । पार्कमा जिपलाइन, स्काइ साइक्लिङ, ग्लास ब्रीज, ह्याङिङ ब्रीज, जङ्गल रिसोर्ट, चिल्ड्रेन पार्कदेखि स्विमिङ पुल निर्माण हुनेछन् । नेपालको पहिलो एडभेन्चर पार्क जिकिर गरिएको पार्कमा स्काइ साइक्लिङ, जिपलाइन र ग्लास ब्रीज तथा ह्याङङिङ ब्रीज दुई महिनाभित्र सम्पन्न हुने निर्माणकर्ता बासुदेव बराल बताउहुन्छ । 
बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँस्थित धम्जा बिहुँ प्रहरी चौकीको भवन निर्माण हुँदै । गण्डकी प्रदेश सरकारको रु एक करोड ६९ लाखको लागतमा प्रहरी चौकी भवन निर्माण शुरु गरिएको हो ।  
दाङको देउखुरी गढवा क्षेत्रका किसान  रेशम धागो उत्पादन गर्दै । 
मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको नेर्पास्थित भुलभुलेमा निर्माणाधीन पक्की पुल ढलानका लागि तयारी गर्दै कामदार । कालोपत्रको काम थालिएको उक्त सडक खण्डको विभिन्न ठाउँमा पक्की पुल निर्माणको कामसमेत तीव्रगतिमा भइरहेको छ ।
रामेछाप जिल्लाको पश्चिम भेग दोरम्बा गाउँपालिका वडा नं ४ खारपानीमा रहेको सानो शैलुङ्गेश्वरी महादेव मन्दिरमा दर्शन गर्न पुगेका भक्तजन । घना जङ्गल र पहारको गुफाभित्र रहेको सो मन्दिरमा दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेका कारण टाढा टाढाबाट भक्तजन यहाँ आउने गरेका छन् । 
रामेछापको पश्चिम भेग दोरम्बा गाउँपालिका वडा नं ४, टेङसिङमा किसानका बारीमा फलेको सुन्तला  । 
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँ स्थित तामाको गाग्री निर्माण गर्दै अरुण विश्वकर्मा । 
दाङको दंगीशरण गाउँपालिका–३ चखौरास्थित थारु सङ्ग्रहालयमा राखिएका मूर्ति । थारुहरुका पूर्खाले माछा मारेर दैनिकी चलाउने गरेको इतिहास छ ।

सिद्धार्थ गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा घुम्दै स्थानीय बालबालिका । पछिल्लो समय लुम्बिनीमा आन्तरिक पर्यटकको आवगमन बढेको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ चन्द्रौटा बजार क्षेत्रमा सङ्कलन भएको फोहोर उठाउँदै सरसफाइ टोली ।
जिल्लाको व्यासनगरपालिका–१ स्थित छाब्दीमार्गमा ईटा बोकेर गन्तव्यतर्फ जाँदै गरेका मजदूरहरु । बनाएको ईटा पोल्नको लागि भट्टीतर्फ लैजाँदै गरेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: