×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लर्डबुद्ध एजुकेसन फाउण्डेसन र एक्यानबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लर्डबुद्ध एजुकेसन फाउण्डेसन र एक्यानबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

२ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लर्डबुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) र दि एसोसिएशन अफ चार्टेड एकाउण्टेन्टस् अफ नेपाल (एक्यान) बीच एक समारोहमा शैक्षिक सहकार्यकोलागी सम्झौता भएको छ । सम्झौताअनुसार, लर्ड बुद्ध एजुकेसन फाउण्डेसन अन्र्तगतको कलज फर प्रोफेशनल स्टडीजमा सञ्चालीत ‘एमबीए’ कार्यक्रममा अध्ययन गर्ने एक्यानका सदस्यहरुलाई ट्यूशन फीमा २५ प्रतिशत छात्रवृत्ति उपलब्ध हुनेछ । छात्रवृती दि एसोसिएशन अफ चार्टेड एकाउण्टेन्टस् अफ नेपाल (एक्यान)को सिफारिशको आधारमा उपलब्ध गराइने छ ।
सम्झौता पत्रमा फाउण्डेसनका तर्फबाट अध्यक्ष पंकज जालान र एक्यानका तर्फबाट अध्यक्ष आनन्द शर्माले हस्ताक्षर गरेका थिए । यो एमबीए कार्यक्रम वर्किङ्ग प्रोफेशनलहरुकोलागी विकएण्ड मोडमा सञ्चालित रहेको कलेजले जनाएको छ । विकएण्ड मोडमा विद्यार्थीहरुले शुक्रवार र शनिवार मात्रै कलेज आउनुपर्ने हुन्छ । शुक्रवार बेलुका ४ः३० बजे देखि ८ः३० बजे सम्म र शनिवार विहान ८ बजे देखि बेलुका ४ बजे सम्म कक्षा सञ्चालन हुनेछ । शनिवार कलेजले दिउँसो भोजन पनि उपलब्ध गराउने जनाएको छ ।
लर्डबुद्ध एजुकेसन फाउन्डेसनमा अध्ययनरत विद्यार्थीहरुलाई ११ वटा अनलाईन लाईब्रेरीकोहरुको पहुँच उपलब्ध हुनेछ । काठमाडौंको मैतीदेवीमा अवस्थित नेपालकै प्रथम आइटी कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसन मलेसियाको एसिया प्यासिफिक यूनिभर्सिटीको सम्बन्धन प्राप्त संस्था हो । यस संस्थावाट हाल सम्म करिव आठ हजार भन्दा बढी व्यक्तिले सुचना प्रविधि, व्यवस्थापन लगायतका अन्य विधामा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्राप्त गरि सकेका छन । नेपाल सरकार शिक्षा , विज्ञान तथा खेलकुद मन्त्रालयले यस संस्थालाई यी कार्यक्रमहरु सञ्चालन गर्ने अनुमति प्रदान गरेकोे छ र त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: