×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित १४.२१ प्रतिशत लाभाश पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गरिमा विकास बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित १४.२१ प्रतिशत लाभाश पारित

Artha Sarokar

१ फाल्गुन २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गरिमा विकास बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको उक्त साधारणसभा होटल पोखरा ग्राण्ड पोखरामा सम्पन्न भएको हो । उक्त सभाले १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरि कुल १४.२१ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनी समुहतर्फ संचालकहरु श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् । साथै साधारणसभा सम्पन्न भए पश्चात बसेको बैंकको सञ्चालक समितीको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।
३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुंजी रहेको बैंकको १३.५ प्रतिशत बोनस सेयर वितरणपश्चात् चुक्ता पुंजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । साधारण सभाको लागि २०७७ माघ १२ गतेदेखि सेयरधनीदर्ता पुस्तिकाबन्द रहेकाले माघ ११ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभाबाट पारित बोनस सेयर पाउनेछन् । काठममडौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको यस बैंकले हाल १ सय ६ शाखा र ५१ वटा एटीएममार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ  ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी