×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको साधारणसभा सम्पन्न, १४.२१ प्रतिशत बोनस पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गरिमा विकास बैंकको साधारणसभा सम्पन्न, १४.२१ प्रतिशत बोनस पारित

Artha Sarokar

२ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । गरिमा विकास बैंकको प्रस्तावित लाभांश पारित भएको छ । माघ ३० गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिको १३.५ प्रतिशत बोनश र ०.७१ प्रतिशत नगद(कर प्रयोजनको) सहित कुल १४.२१ प्रतिशत लाभाशं लाभांश प्रस्तावलाई पारित गरेको हो ।
३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुंजी रहेको विकास बैंकको १३.५ प्रतिशत बोनश शेयर वितरण पश्चात् चुक्ता पुंजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । साधारण सभाको लागि २०७७ माघ १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७७ माघ ११ गते सम्मका यस विकास बैंकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्ने बैंकले जनाएकाे छ ।
होटल पोखरा ग्राण्डमा सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समुहतर्फ संचालकहरु श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् । साथै साधारणसभा सम्पन्न भए पश्चात बसेको विकास बैंकको सञ्चालक समितीको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी