- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको आज १ सयले घटेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ७६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ४९ रुपैयाँ कायम गरेको छ ।