
- अर्थ सरोकार सम्बाददाता
काठमााडौं । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटलले कम्पनीको आईपीओ आज शुक्रबार बिहान ९ बजे आफ्नै कार्यालयमा बाँडफाँट भएको हो । जसमा गोलाप्रथामार्फत ३ लाख २५ हजार १६५ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी रहेको २ कित्ता सेयर २० वा सोभन्दा बढी कित्ताका लागि आवेदन दिनेमध्ये २ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ । जसअनुसार २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।
कुल १३ लाख २२ हजार ९७१ जनाले आवेदन दिएकोमा ३ हजार ९१२ जनाको आवेदन रद्द भएको छ । १३ लाख १९ हजार ५९ जना योग्य आवेदक गोलाप्रथामा सहभागी भएका थिए । यसमा १३ लाख २६ हजार ७७ जनाले २ करोड ३७ लाख ३० हजार १८० कित्ताका लागि आवेदन दिएका थिए । ग्रीनलाइफले माघ २३ गतेदेखि २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।
आइपीओको नतिजा अर्थ सरोकार डटकममा हेर्न सकिन्छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्