×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले सबै किसिमका होटलहरुलाई संकेत चिन्ह प्रदान गर्ने, गुणस्तरका आधारमा निर्धारण गरिने (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सरकारले सबै किसिमका होटलहरुलाई संकेत चिन्ह प्रदान गर्ने, गुणस्तरका आधारमा निर्धारण गरिने (भिडियो रिपोर्ट)

६ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न संकेत चिन्हको रुपमा तारा (स्टार) चिन्ह निर्धारण गर्ने भएको छ । होटलले दिने सेवा, गुणस्तर, क्षमता, लगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिन्ह प्रदान गर्ने र उक्त संकेत चिन्हलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताउनुभयो । संकेत चिन्हमा सबैभन्दा माथि सरकारको लोगो, बीचमा होटलले प्राप्त गरेको तारा अथवा चिन्ह रहने छ भने सबैभन्दा तल होटलको नाम रहने छ ।
यस्तो संकेत चिन्न निस्चित साइजको हुने र उक्त चिन्हलाई होटल, रिसोर्ट तथा बुटिक होटल लगायतका सबै किसिमका होटलले सेवाग्राहीले देख्ने गरी राख्नुपर्नेछ । सबैस्तरका रिसोर्ट, तरास्तरका होटल तथा सबै स्तरका बुटिक होटलले आफ्नो प्रवेशद्धारमा सम्बन्धित स्थानीय तहले तोकेको आकारमा होटल/रिसोर्टको बनौट अनुसार सजिलै देखिने गरी तोकिएको संख्याका तारा चिन्ह अर्थात प्राप्त गरेको संकेत चिन्ह सहितको साइनबोर्ड राख्नुपर्ने पनि महानिर्देशक तामाङले बताउनुभयो ।
पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयबाट पर्यटकस्तरको होटलमा स्तर वर्गीकरण भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायबाट पर्यटक स्तरको होटलमा स्तरवर्गीकरण भएका सबै होटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा TS लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गरिने पनि महानिर्देशक तामाङले बताउनुभयो । यस्तै मोटल होटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्मा m र पर्यटक इनको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा i लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गर्ने भएको छ । बेड एण्ड ब्रेकफाष्टको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा B&B लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गरिने भएको छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: