×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकको १ अर्ब रुपैयाँको १० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

PRIME CA

कामना सेवा विकास बैंकको १ अर्ब रुपैयाँको १० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

६ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कामना सेवा विकास बैंकको ऋणपत्रमा आज बिहिबारसम्म आवेदन दिन पाइने भएको छ । बैंकको १० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । यसअघि बैंकले माघ २६ गते सोमबारसम्म आवेदन दिन सकिने जनाएको थियो । तर सो समयमा माग अनुसारको आवेदन नपरेपछि फागुन ६ गतेसम्मका लागि आवेदन दिने समय थप गरेको हो ।
बैंकले माघ २२ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको १० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो । यसमध्ये ४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने भएका छन् । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्ने भएको छ । यस ऋणपत्रमा वार्षिक ९.५ प्रतिशत ब्याज पाइने भएको छ ।
बैंकले १० वर्ष अवधिको ‘कामना सेवा विकास बैंक डिबेन्चर २०८७ ’ नाममा ऋणपत्र बिक्री खुला गरेको हो । ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । ऋणपत्र बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यपिटल लिमिटेड रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: