काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भई नयाँ उचाइमा पुगेको छ । आजको वृद्धिपछि नेप्सेले दुई हजार ६०० बिन्दुको यात्रा तय गरेको छ । यो हालसम्मकै उच्च हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २५.५० बिन्दुले उकालो लागेर दुई हजार ६०१.५१ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०९ ले उकालो लागेर ४७३.५३ मा पुगेको छ । नेप्सेमा दोहोरो अङ्कको सुधार हुुँदा कारोवार रकमसमेत उच्च नै देखिएको छ । कूल २०८ कम्पनीको एक करोड ७७ लाख ३२ हजार ७६५ कित्ता शेयर रु १० अर्ब तीन करोड ५४ लाख ५४ हजार ९५५ मा कारोवार भयो ।मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण झण्डै रु ३६ खर्बको हाराहारीमा पुगेको छ । यो मुलुकको कूल गार्हस्थ्य उत्पादनको हाराहारी नै हो । आजको बजार पूँजीकरण रु ३५ खर्ब ८४ अर्ब ७६ करोड सात लाख ९० हजार बराबर भएको छ । कारोवार भएकामध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । लगानीकर्ता बैंकिङ उपसमूहमा आकर्षित हुँदा विकास बैंक र अन्य उपसमूह हरियो भएको छ । बैंकिङ ३८.४१, विकास बैंक ६.४७, अन्य ५.५४ र सामूहिक लगानी कोष ०.११ ले उकालो लागेको छ । यस्तै, व्यापार ३७.९५, होटल १३.०२, जलविद्यस्त् २६.९८, वित्त ९.३९, निर्जीवन बीमा ३७.८६, उत्पादन ११०.०४, लघुवित्त २४.८१ र जीवन बीमा ५४.११ बिन्दुले घटे । कारोवारका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ ।
सो बैंकको रु ५४ करोड ४४ लाख ५६ हजार बराबरको कारोवार भयो । यस्तै, ग्लोबल आइएमई बैंक रु ४२ करोड ५० लाख ७१ हजार ९१६, नेपाल बैंक रु ३९ करोड १६ लाख १५ हजार ४५१, नेको इन्स्योरेन्स रु ३७ करोड ३४ लाख ८५ हजार ५७४, एनआइसि एशिया बैंक रु ३३ करोड ६७ लाख ६५ हजार १५६, शिखर इन्स्योरेन्स रु ३० करोड ५९ लाख चार हजार ३४५, हिमालयन डिस्टिलरी रु २६ करोड ९४ लाख ७२ हजार ८३६, सिद्धार्थ बैंक रु २६ करोड १० लख ६५ हजार २८९ , एनएमबी बैंक रु २४ करोड ७० लाख २७ हजार ७२१ र कुमारी बैंक रु २० करोड ३७ लाख ४० हजार ५१३ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
कारोवारका आधारमा आज चन्द्रागिरि हिल्स लिमिटेडको सकारात्मक सर्किट लागेको छ । सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाए । यस्तै, नेपाल पूर्वाधार विकास बैंक ९.९८, मिर्मिरे माइक्रोफाइनान्स ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८७, सनराइज फस्ट म्युचुअल फण्ड ९.७७, हिमालयन ऊर्जा विकास कम्पनी ९.६७, सिद्धार्थ बैंक ६.८२, नेपाल बैंक ५.४२, ग्लोबल आइएमई बैंक ४.६२ र एनएमबी बैंकका लगानीकर्ताले ४.२२ प्रतिशतले कमाए । यसैगरी, साधाना लघुवित्त ६.१५, पाँचथर पावर कम्पनी ५.६६, बरुण हाइड्रोपावर ५.५६, स्वाभिमान लघुवित्त ५.०६, माहुली सामुदायिक लघुवित्त ४.७४, माउण्टेन हाइड्रो ४.५५, गुर्खाज फाइनान्स ४.१९, एचआइडिसिएल ४.०८, ङादी ग्रसप ४.०८ र बोटलर्स नेपाल तराई नेपालका लगानीकर्ताले गुमाए । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्