×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आवेदन ? (विवरणसहित)

PRIME CA

एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आवेदन ? (विवरणसहित)

९ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक सेयर लिलामीमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ। बैंकले फागुन २ गतेबाट २५ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । बैंकको सो लिलामी सेयरमा आज कार्यालयसमयसम्म आवेद दिन पाइने भएको हो । बैंकको यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले लिलामी सेयरमा न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ भने न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: