×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE : नेपाल बैंकका मेनेजर अफिस टाइममै जुवा खालमा भेटिए, बैंक भन्छ-‘फुटेज देखाउनूस्, कारवाही हुन्छ’ (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
डोल्पा । डोल्पामा कार्यरत नेपाल बैंकका मेनेजर अनिल गुप्ता । र अहिले उनको अफिस टाइम हो । अर्थात उनी यतिबेला कार्यालयमा हुनुपर्थ्यो । तर उनी अहिले जुवाखालमा व्यस्त छन् । अफिसमा बसेर काम गर्नुपर्ने बेलामा उनी स्थानीय जुवाडेसाथीहरुसँग जुवा खेलीरहेका छन् ।
यता कार्यलय समयमा नै जुवा खेल्ने बैंकरबारे नेपाल बैंकका सूचना अधिकारी प्रकाश अधिकारी उनलाई कारवाही हुने बताउँछन् । आफुहरुले मौखिक जानकारी पाउनेबित्तिकै उनलाई पदमासमेत घटुवा गरेर अन्यत्र सरुवा गरिसकेको र उनले जुवा खेलेको तथ्य भने इन्कार गरेको अधिकारीको भनाइ छ । यद्यपी यस विषयमा फुटेज नै प्राप्त भएको खण्डमा भने उनलाई कारवाही हुने अधिकारीको दाबी छ ।
यसरी ग्राहकहरुलाई सेवा दिनुपर्ने बेलामा बैंकका कर्मचारीहरु प्रशासनले बन्देज गरेको क्रियाकलापमा लाग्नु पक्कै पनि असोभनीय छ । यस्तो गलत काम गर्ने जो कोहिलाई पनि कारवाही हुन आवश्यक देखिन्छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: