- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् । संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरि सोको स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको हो ।
बीमा समितिले १ महिनाभित्र कुनै जबाफ नदिएमा प्रसाई स्वत प्रमुख कार्यकारी हुनेछन् । उनी चार्टर्ड एकाउन्टेन्ट हुन्। प्रसाईसँग नियामक निकाय बीमा समितिमा काम गरेको अनुभव पनि छ । बिवेक झाको कार्यकाल सकिएपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पद रिक्त थियो ।