×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार २६११.४५ बिन्दुमा पुगेर बन्द भयो बजार, ९.९४ अंकले नेप्से बढ्दा ८ अर्बमाथिको कारोबार !

PRIME CA
GLOBAL IME BANK

बुधबार २६११.४५ बिन्दुमा पुगेर बन्द भयो बजार, ९.९४ अंकले नेप्से बढ्दा ८ अर्बमाथिको कारोबार !

५ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार सेयर बजार बढेको छ । नेप्से परिसूचक मंगलबारको तुलनामा ९.९४ अंकले बढेर २६११.४५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०३ कम्पनीको १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्बमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । यस बैंकको ६९ करोड ४३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नबिल बैंक र ग्लोबल आइएमइ बैंकको भएको छ । आज ५ समूहबाहेकका सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकका लगानीकर्ताहरुले कमाएका छन् भने सनराइज फस्ट म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: