- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन ७ गतेदेखि २२ गतेसम्म बुक क्लोज गरेसँगै कम्पनीको सेयर पाउन आजसम्म सेयर किन्नु पर्नेछ ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी फागुन २२ गते साधारण सभा बोलाएको छ । सभा उद्योग संगठन मोरङको सभाहल विराटनगरमा हुनेछ ।