
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले राज्यविरुद्धको अपराध गरेको आरोपमा बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरेकोदेखि बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७, चडेपानी निवासी १७ वर्षीया भागरथी भट्टको न्यायका लागि बिहीबार धनगढी बजारमा ऐश्वर्य विद्या निकेतन विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीले निकालेको ¥यालीसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले राज्यविरुद्धको अपराध गरेको आरोपमा बिहीबार उहाँको निवास काठमाडौँ महानगरपालिका–३१ स्थित शङ्खमूलबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने क्रममा ।

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७, चडेपानी निवासी १७ वर्षीया भागरथी भट्टको न्यायका लागि बिहीबार धनगढी बजारमा ऐश्वर्य विद्या निकेतन विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीले निकालेको ¥याली ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका युवाहरुले बिहीबार बुटवलमा निकालेको र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै युवा नेता महेश बस्नेत । फागुन १ गते बुटवलमा आयोजना हुने जनसभाको प्रचारका लागि ¥याली निकालिएको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चितवन र तनहुँ जोड्ने दासढुङ्गा पुलको निरीक्षण गर्दै ।

तनहुँको व्यास नगरपालिका–८ र लमजुङको मध्यनेपाल नगरपालिका–१ आमचौर जोड्न रिस्तीखोलामाथि निर्माण हुँदै गरेको पक्की पुल । गण्डकी प्रदेश सरकारको रु चार करोड ४७ लाखमा पुल निर्माण कार्य अगाडि बढेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई स्वागत गर्दै पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापूका स्थानीयवासी । विद्युतीकरण र पूर्वाधार विकासमा विशेष भूमिका खेलेको भन्दै यहाँका सर्वसाधारणले मन्त्री नेम्वाङलाई धन्यवाद दिएका छन् ।

नेपाल टेलिभिजनका म्याग्दी संवाददाता प्रताप बानियालाई बिहीबार मिडिया सोसाइटी अवार्डद्वारा पुरस्कृत गर्दै संस्थाका अध्यक्ष कमल खत्री र ज्येष्ठ सदस्य सुदर्शनकुमार श्रेष्ठ । रु सात हजार १५० रुपैयाँ नगदसहित बानियालाई पुरस्कृत गरिएको हो ।

बझाङको जयपृथ्वी नगरपालिकाले झोलुङगेपुल हटाइ नदिँदा पानकोट सेती पारिका बस्तीमा जोड्ने पानकोट मोटरेवल पुल निर्माणमा ढिलाइ । ढलानको सामान पुलपारीसम्म पु¥याउन झोलुङ्गेपुलका कारण समस्या भएकाले पुल हटाउनुपर्ने निर्माण कम्पनीले जनाएको छ । विसं २०७३ साल असार महिनामा निर्माण सम्पन्न हुने गरी पुलको ठेक्का सम्झौता भए पनि डिजाइन इस्टमेटमा त्रुटि भएका कारण पुल निर्माणमा ढिलाइ भएको र गत वर्ष इस्टमेट परिवर्तन गरी पुन ः टेन्डर भई निमार्ण कार्य सुरु भएको हो ।

ड्रोनबाट खिचिएको रावाबेँसी गाउँपालिका–४ डुमे्रधारापानीस्थित साङ्गे लोसाङ छोलिङ तामाङ गुम्बा । नेपालका सफल व्यवसायी नरेश लामाले आफ्नो व्यक्तिगत लगानीमा स्वर्गीय बुबा फर्समान लामाको स्मृतिमा उक्त गुम्बा निर्माण गर्नुभएको हो ।

महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले राज्यविरुद्धको अपराध गरेको आरोपमा बिहीबार उहाँको निवास काठमाडौँ महानगरपालिका–३१ स्थित शङ्खमूलबाट नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहका केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने क्रममा ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्