×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : तनहुँमा असिनापानी पर्दा तरकारी खेतीमा क्षति, बेनी–जोमसोम सडकखण्डको स्तरोन्नति गरिँदै

अर्थ सरोकार

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलवार

PRIME CA

देश बोल्ने फोटो कथा : तनहुँमा असिनापानी पर्दा तरकारी खेतीमा क्षति, बेनी–जोमसोम सडकखण्डको स्तरोन्नति गरिँदै

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले तनहुँ जिल्लाका विभिन्न स्थानमा असिनापानी पर्दा तरकारी खेतीमा क्षति पुगेकोदेखि उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको स्तरोन्नति गरिँदैसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
तनहुँको भीमाद नगरपालिका–२ टेक्रेमा सोमबार साँझ परेको असिना । जिल्लाका विभिन्न स्थानमा असिनापानी पर्दा तरकारी खेतीमा क्षति पुगेको छ ।
उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको स्तरोन्नति गरिँदै ।
गण्डकी प्रदेश सरकारले आयोजना गरेको  तेस्रो वार्षिकोत्सव समारोहमा सुरक्षाकर्मी ।
गण्डकी प्रदेश सरकारले आयोजना गरेको  तेस्रो वार्षिकोत्सव समारोहमा  प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट प्रदेशका प्रगती विवरण समेटिएको पुस्तक विमोचनपछि दस्तखत ।
प्रदेश नं १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच समझदारी–पत्र मङ्गलबार आदान प्रदान गरिँदै ।  मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा समझदारी पत्रमा प्राधिकरणको तर्फबाट निर्देशक डा सरोज कोइराला र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गर्नु भएको छ । 
माघ शुक्ल पञ्चमीमा मनाइने श्रीपञ्चमीका दिन मङ्गलबार सरस्वती पूजा गरिँदै ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटा माघ शुक्ल पञ्चमीमा मनाइने श्रीपञ्चमीका दिन मङ्गलबार हनुमानढोकास्थित नासलचोकमा वसन्त श्रवण समारोहमा ।
विसं २०७२ को भूकम्पका कारण पूर्ण रुपमा क्षतिग्रस्त काष्ठमण्डपको पुनः निर्माण गरिँदै । 
श्रीपञ्चमीका अवसरमा काठमाडौँको लाजिम्पाटस्थित नील सरस्वती मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजापश्चात् अक्षर लेख्दै बालिका । सरस्वती पूजाको दिन अक्षरारम्भ  गरिए विद्या आउने विश्वास रही आएको छ । 
श्रीपञ्चमीका अवसरमा काठमाडौँको लाजिम्पाटस्थित नील सरस्वती मन्दिरमा मङ्गलबार बिहान विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरिँदै ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: