×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : पानी घटेपछि फेवाताल हेर्न आउने सर्वसाधारणको भिड बढ्यो, गुन्द्री बुन्न व्यस्त तनहुँकी एक महिला

अर्थ सरोकार

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार

PRIME CA

देश बोल्ने फोटो कथा : पानी घटेपछि फेवाताल हेर्न आउने सर्वसाधारणको भिड बढ्यो, गुन्द्री बुन्न व्यस्त तनहुँकी एक महिला

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले फेवातालमा बाँध मर्मतका लागि तालको पानी घटाएपछि ताल हेर्न आएका सर्वसाधारणदेखि तनहुँको घिरिङ गाउँपालिका–५ मोहोरियाकी गुन्द्री बुन्दै गरेकी एक महिलासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
फेवातालमा बाँध मर्मतका लागि तालको पानी घटाएपछि ताल हेर्न आएका सर्वसाधारण । 
तनहुँको घिरिङ गाउँपालिका–५ मोहोरियाकी महिला गुन्द्री बुन्दै । आधुनिकतासँगै आजभोलि ग्रामीण भेगमा पनि गुन्द्री बुन्ने प्रचलन हराउँदै गएको छ । 
पशुुपतिनाथ मन्दिर आसपास क्षेत्रमा फूल, मालालगायत पूूजाका सामग्री बिक्रीका लागि बसेका व्यापारी ।
तनहुँको व्यास नगरपालिकाको आयोजना र निर्मल माध्यमिक विद्यालयको व्यवस्थापनमा शुक्रबारदेखि सुरु तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दौडमा विजयी हुन सफल विद्यार्थी । फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३८ विद्यालयका विद्यार्थी सहभागी छन् ।
मुग्लिङ बजारमा सुुन्तला किन्दै सर्वसाधारण । 

काभ्रेपलाञ्चोक जिल्ला नमबुद्ध नगरपालिका–११ हिल्लेघरमा एक कृषकको बारीमा फलेको सुन्तला ।

पशुपतिनाथ मन्दिर आसपास क्षेत्रमा ढुङ्गाको मुुर्ति बनाउँदै महिला । 
खानेपानीको सङ्कट बेहोर्दै आएको धौलागिरि अस्पताल बागलुङमा डिप बोरिङ गरी जमिन मुनिको पानी निकालिँदै । 
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाबाट देखिएको अन्नपूर्ण हिमाल । पछिल्लो साता भएको हिमपातका कारण हिउँ बढेपछि हिमाल मनमोहक देखिएको छ  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: