×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : बिक्रीका लागि खुर्सानी टिप्दै कपिलवस्तुका किसान, धार्मिक पर्यटकीयस्थल मालिकाधुरीमा पर्यटक बढे

अर्थ सरोकार

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार

PRIME CA

देश बोल्ने फोटो कथा : बिक्रीका लागि खुर्सानी टिप्दै कपिलवस्तुका किसान, धार्मिक पर्यटकीयस्थल मालिकाधुरीमा पर्यटक बढे

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१०, लोहरौलाका किसान बिक्रीका लागि बजार लैजान खुर्सानी टिप्दै गरेकोदेखि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित धार्मिक पर्यटकीयस्थल मालिकाधुरीमा पुगेका पर्यटकसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१०, लोहरौलाका किसान बिक्रीका लागि बजार लैजान खुर्सानी टिप्दै ।  लोहरौला गाउँ तरकारी उत्पादनको मुख्य क्षेत्रको रुपमा परिचित छ । 
म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित धार्मिक पर्यटकीयस्थल मालिकाधुरीमा पुगेका पर्यटक । धौलागिरि र अन्नपूर्ण रेञ्जका एक दर्जनभन्दा बढी हिमाललाई अवलोकन गर्न सकिने भएपछि यहाँ पर्यटकको आगमन बढेको छ । 
रोटरी इन्टरनेशनलको ११६औं स्थापना दिवसको अवसरमा रोटरी क्लब अफ दमौलीले मङ्गलबार साँझ आयोजना गरेको दीप प्रज्वलन । उक्त अवसरमा ११६ वटा मैनबत्ती प्रज्वलन गरिएको छ ।
गण्डकी प्रदेश स्तरीय प्रथम मुख्यमन्त्री कप प्रतियोगिताअन्तर्गत महिला भलिबलमा विजयी म्याग्दीका खेलाडी बुधबार बेनीमा गरिएको सम्मानपछि ट्रफीका साथमा ।
चिसोयाम घट्दै जाँदा रसुवामा आलु रोपण कार्य शुरू । अन्नबाली कम फल्ने र नगदेबाली राम्रो हुन थालेपछि यहाँका किसानले आलु रोपण गर्न थालेका हुन् । 
जिल्लाको व्यास नगरपालिका–१ भादगाउँस्थित छाब्दीबाराही अर्गानिक बहुउद्देश्यीय प्रालिमार्फत पालिएका उन्नत मुर्रा जातका भैँसी ।  चार जना मिलेर सामूहिकरुपमा भैँसीपालन थालेका हुन् । 
तनहुँको भीमाद नगरपालिका–६ बाघटारस्थित विभिन्न सडकमा सम्पन्न भएको कालोपत्रेको उद्घाटन गर्दै नगरप्रमुख मेखबहादुर थापा । नगरपालिकाको आर्थिक लगानी र स्थानीयवासीको लागत साझेदारीमा ६ वटा टोलमा सडक कालोपत्रे सम्पन्न भएको छ ।
बागलुङमा शुरु भएको पेन्सन क्याम्पमा रुजु र नविकरणका लागि जम्मा भएका भूपू भारतीय सैनिकको भीड । 
जलजला गाउँपालिका–४ लामाखेतका बासिन्दाहरु बेनी–मालढुङ्गा सडकको नाली सरसफाइ गर्दै । लामाखेत आमा समूहको अगुवाइमा ३३ जनाले एक दिन श्रमदान गरेर ४०० मिटर नालीमा जमेको हिलो र फोहर व्यवस्थापन गरेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: